default_image

6 years ago

September 23, 2018

एएफसी महिला यू-१६ : नेपालले मलेसियासँग खेल्दै

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्र्तगतको समूह ‘ईं’ को छनोटको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि शुरु हुनेछ ।

पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाल दोस्रो खेलमा म्यानमारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।  नेपाल समूहको अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै छनोटमा सान्त्वना जितको खोजीमा हुनेछ । यता मलेसिया पनि छनोटमा जितविहिन रहेकाले पहिलो जितको खोजीमा हुनेछ । यो समूहबाट म्यानमार र फिलिपिन्स दोस्रो चरणा प्रवेश गरिसकेका छन् ।

आज नै समूह विजेताको छनोफानो लगाउन म्यानमार र फिलिपिन्सबीच दिउसो १२ः३० बजे खेल हुनेछ । म्यानमार बराबरीले पनि समूह विजेताको रुपमा अघि बढ्नेछ । हारले भने उपविजेताको रुपमा अघि बढ्नेछ । समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् । प्रत्यक समूहको शीर्ष टोली र दोस्रो स्थानको उत्कृष्ट दुई टोली दोस्रो चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

February 1, 2025

प्याराडाइजलाई राइजिङ भरतपुर गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

Success

Thank you for your time.