default_image

6 years ago

September 23, 2018

एपिएफलाई अग्नि इन्कर्पोरेटेडको निरन्तर साथ

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अग्नि इन्कर्पोरेटेड प्रालीले विभागिय टोली नेपाल एपिएफ क्लबसँगको प्रायोजनलाई नविकरण गरेको हो । प्रत्येक वर्ष ४० लाख रुपैयाँको दरले ५ वर्षका लागि २ करोड दिने गरि आइतबार नविरकणमा हस्ताक्षर भएको छ ।

सम्झौतामा एपिएफका खेल विभाग प्रमुख रामशरण श्रेष्ठ र महिन्द्राका कार्यकारी प्रमुख अर्जुन प्रसाद शर्माले हस्ताक्षर गरे ।महिन्द्राका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई २ करोडको चेक हस्तान्तरण गरे । यसअघि महिन्द्राले पुरुष फुटबल टोलीलाई २०७१ सालबाट मात्रै प्रायोजन गरेको थियो ।

यसपटकदेखि पुरुष फुटबल टोलीसँगै महिला फुटबल टोली र पुरुष क्रिकेट टोलीलाई प्रायोजन गरेको छ । यसअघि महिन्द्राले पु्रुष फुटबल टोलीलाई वार्षिक २२ लाख २० हजारका दरले पाँच वर्षका लागि १ करोड ११ लाख प्रायोजन गरेको थियो ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.