default_image

6 years ago

September 23, 2018

रियल ला लिगाको शीर्षस्थानमा उक्लियो

72 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती एस्पान्योललाई घरेलु मैदानमा १-० ले पराजित गर्दै रियल म्याड्रिड लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

रियलको जितमा पहिलो हाफको अन्त्यतिर मारको एसेन्सियोले गरेको गोल नै निर्णायक सावित भयो । ४१ औं मिनेटमा मिडफिल्डर लुका मोड्रीचको प्रहार एसेन्सियोलाई डीफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै निकै बेरपछि गोललाई मान्यता दिएका थिए । अन्त्यमा यहि गोल नै खेलमा निर्णायक बन्न पुगेको थियो । अपराजित रियलको लिगमा यो चौथो जित हो ।

पाहुना टोली एस्पान्योलका लागि बोर्जा इग्लेसिसको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्यपूर्ण रहयो । रियलका पूर्व गोलरक्षक डिएगो लोपेजले खेलको अन्त्यतिर सर्जियो रामोसको प्रहार बचाउँदै खेलमा एस्पान्योलको सम्भावना कायम राखेका थिए । रियलले अपेक्षा गरेअनुसार आक्रमण बुन्न सकेको थिएन । रोनाल्डोको अनुपस्थितिमा आक्रमण केहि फितलो भएपनि इस्को, एसेन्सियो र बेन्जेमाको जोडीले प्रयास जारी राखे । प्रशिक्षक जुलेन लोपेटेगुईले ग्यारेथ बेललाई यस खेलमा प्रयोग नै गरेनन् ।

यस जितसँगै रियलले बार्सिलोनालाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । आइतबार हुने खेलमा बार्सिलोनाले बराबरी वा जित हासिल गरेको खण्डमा रियल दोस्रो स्थानमा झर्नेछ । बार्सिलोनाले आज जिरोनाको सामना गर्दैछ । रियलले ५ खेलमा १३ अंक बटुलेको छ भने बार्सिलोना ४ खेलमा १२ अंक जोड्न सफल रहेको छ ।

February 1, 2025

प्याराडाइजलाई राइजिङ भरतपुर गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

Success

Thank you for your time.