default_image

6 years ago

September 22, 2018

बर्नलीको फराकिलो जित, म्यानचेस्टर युनाइटेड रोकियो

40 views

0 Bookmark

बर्नली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले फराकिलो जित दर्ता गर्दा उपाधिको दावेदार म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बर्नलीले एएफसी बर्नमाउथमाथि ४–० को फराकिलो जित निकाल्दा म्यानचेस्टर युनाइटेड वल्भरह्याम्पटन वन्डरर्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बर्नलीको घरेलु मैदान टर्फ मुरमा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन एस्ले वारनेसले दुई तथा माटिज भ्याड्रा र आरोन लेनननले समान एक गोल गरे । बर्नलीले ३९औं मिनेटमा माटिजको गोलबाट अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि आरोनले गोल गरेपछि बर्नलीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा दुवै गोल एस्ले वारनेसले गरे । उनले ८३ र ८८औं मिनेटमा गोल गर्दै टिमलाई ४–० को फराकिलो जित दिलाए । जारी सिजनमा बर्नलीको यो पहिलो जित हो । जितसँगै बर्नलीले ६ खेलबाट ४ अंक जोड्दै १६औं स्थानमा उक्लिएको छ । बर्नलीसँग पराजित बर्नमाउथ १० अंकसहति सातौ स्थानमा छ ।

शनिबार राति नै भएको अर्काे खलेमा उपाधिको दावेदार म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा वल्भरह्याम्पन वन्डरर्ससँग १–१ गोलको बराबरीका रोकिएको छ । युनाइटेडले खेलमा  लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो ।

युनाइटेडले १८औं मिनेटमा फ्रेडको गालेबाट अग्रता बनाएको थियो । तर, ५३औं मिनेटमा जोओ मौटिन्होले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो र दुवै टोलीले अंक बाँडे । बराबरीपछि युनाइटेड १० अंकसहति छैटौ तथा वन्डरर्स ९ अंकसहित १०औं स्थानमा छ ।

प्रिमियर लिगका आजको नतिजाहरु

फुुलहम विरुद्ध वाट्फोर्ड (१–१)

बर्नली विरुद्ध एएफसी बर्नमाउथ (४–०)

कार्डिफ सिटी विरुद्ध म्यानचेस्टर सिटी (०–५)

क्रिस्टल प्यालेस विरुद्ध न्यु क्यास्टल युनाइटेड (०–०)

लेस्टर सिटी विरुद्ध हडर्स फिल्ड टाउन (३–१)

लिभरपुल विरुद्ध साउथह्याम्पटन (३–०)

म्यानचेस्टर युनाइटेड विरुद्ध वल्भरह्याम्पटन वन्डरर्स (१–१)

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.