6 years ago
September 22, 2018
कार्डिफ (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा सिटीले कार्डिफ सिटीलाई उसकै मैदानमा ५–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
कार्डिफमा भएको खेलमा सिटीलाई फराकिलो जित दिलाउन रियाद महारेजले दुई तथा सर्जियो अग्विरो, बर्नार्डाे सिल्भा र इकेए गुन्डोगानले समान एक गोल गरे ।
एकपक्षीय बनेको खेलमा सिटीले पहिलो गोल गर्न भने खेलको ३२औं मिनेट कुर्नुपरेको थियो ।
३२औं मिनेटमा बर्नार्डाे सिल्भाको पासमा अग्विरोले गोल गरेपछि सिटी १–० ले अघि बढेको थियो । त्यसको तीन मिनेटपछि नै सिल्भाले लिरोए सानेको पासमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । ४४औं मिनेटमा रहिम स्ट्रलिङको पासमा इकेए गुन्डोगानले गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।
दोस्रो हाफमा सिटीको गोल गर्ने क्रम रोकिएन । दोस्रो हाफमा दृश्यमा रियाद महारेज आए । उनले ६७ र ८९औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए । कार्डिफले भने कुनै पनि समय सिटीको पोस्टमा आक्रमण बुन्न नसक्दा घरेलु मैदानमा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।
जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । सिटीको ६ खेलबाट १६ अंक पुगेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलबाट १८ अंक छ । एक खेल कम खेलेको चेल्सी १५ अंकसहित लिगको तेस्रो स्थानमा छ । सिटीसँग पराजित कार्डिफको २ अंकसहति १९औं स्थानमा छ ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]