6 years ago
September 22, 2018
लिभरपुल (एजेन्सी) – करिब १ महिना यता लिभरपुलको लागि गोल गर्ननसकेका मोहमद सलाहले शनिबार प्रिमियर लिगअन्तर्गत साउथह्याम्प्टनविरुद्ध गोल गर्दै गोलको खडेरी अन्त्य गरेका छन्। अघिल्लो सिजन उत्कृष्ट लयमा रहेका इजिप्सियन विंगर सलाहले ४ साता यता गोल गरेका थिएनन् ।
प्रिमियर लिगमा ब्राइटनविरुद्द अघिल्लो पटक गोल गरेका सलाहले साउथह्याम्प्टनविरुद्ध पहिलो हाफको अन्त्यमा गोल गर्दै खडेरी अन्त्य गरे। यो सिजन उनको सातौँ खेलमा तेस्रो गोल हो। पहिलो हाफमा लिभरपुल ३-० को अग्रतामा छ। अघिल्लो सिजनको प्रदर्शनबाट समर्थकमाझ अपेक्षा बढाएका सलाहले पछिल्लो ४ खेलमा गोल गर्ननसक्दा केही दबाब महसुस गरेका थिए।
सलाह फिफाले वर्षेनी प्रदान गर्दै आएको उत्कृष्ट खेलाडी अवार्ड, फिफा द बेस्ट स्वर्दको शीर्ष तीनमा परेका छन् । उनीसँगै युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र रियल म्याड्रिडका लुका मोड्रीच अवार्डको दावेदारीमा छन् ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]