6 years ago
September 22, 2018
लन्डन (एजेन्सी)- इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन उच्च प्रदर्शन गरिरहेको मर्सिसाइड क्लब लिभरपुलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ ।
अघिल्ला पाँच खेलमा शतप्रतिशत जित निकालेको लिभरपुल आफ्नो अपराजित यात्रालाई साउथह्याम्पनविरुद्धको खेलमा पनि दिने योजनामा हुनेछ । लिभरपुलले यसअघिका पाँच खेलमा वेस्टह्याम युनाइटेड, क्रिस्टल प्यालेस, ब्राइटन होभ अल्वियोन, लेस्टर सिटी र टोटनह्यामलाई पराजित गरेको थियो ।
यस्तै च्याम्पियन्स लिगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–२ ले पराजित गरेको थियो । यही उच्च मनोवलका साथ लिभरपुल मैदान उत्रनेछ । समान १५ अंक भएपनि लिभरपुल गोलअन्तरमा चेल्सीपछि दोस्रो स्थानमा छ । यता, साउथह्याम्पटन लिभरपुललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा मैदान उत्रनेछ ।
लिगका पाँच खेलमध्ये एक खेलमा मात्र जित हात पारेको साउथह्याम्पन लिभरपुललाई प्रिमियर लिगमा पहिलो हार चखाउदै दोस्रो जितको खोजीमा हुनेछ । साउथह्याम्पटनले क्रिस्टल प्यालेसमाथिमात्रै जित निकाल्दा एभर्टन र लेस्टर सिटीसँग पराजित भएको थियो । बर्नली र ब्राइटन एन्ड होभ अल्वियोनसँग बराबरी खेलेको थियो । साउथह्याम्पटन ५ अंकसहित १३औं स्थानमा छ ।
प्रिमियर लिगका आजका खेलहरु
बर्नली विरुद्ध बर्नमाउथ (साँझ ७ः४५ बजे)
कार्डिफ सिटी विरुद्ध म्यानचेस्टर सिटी (साँझ ७ः४५ बजे)
क्रिस्टल प्यालेस विरुद्ध न्यु क्यासल युनाइटेड (साँझ ७ः४५ बजे)
लेस्टर सिटी विरुद्ध हडर्सफिल्ड टाउन (साँझ ७ः४५ बजे)
म्यानचेस्टर युनाइटेड विरुद्ध वल्भरह्याम्पटन (साँझ ७ः४५ बजे)
ब्राइटन होभ अल्वियोन विरुद्ध टोटनह्याम हस्टपर (राति १०ः१५ बजे)
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]