6 years ago
September 22, 2018
इंग्ल्यान्ड (एजेन्सी)– गत वर्ष इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गरेका मोहमद सलाह प्रति यस सिजन धेरै गोलको आशा नरहेको लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बताएका छन् । प्रशिक्षक क्लोपले सलाहलाई अगाडी बढाएर समस्या परिहेको समेत बताएका छन् ।
२६ बर्षीय इजिप्ट राष्ट्रिय टिमका फरवार्ड सलाहले पछिल्लो सिजन सबै खाले खेलमा ४४ गोल गरेका थिए । उनले प्रिमियर लिगमा मात्र ३६ खेल खेल्दै ३२ गोल गरेका थिए । यस सिजन सुरुवाती ६ खेलमा उनले दुई गोलमात्र गरेका छन् । तर, गत सिजनको सुरुवातमा उनले यस चरणमा एक गोल बढी गरेका थिए ।
‘कसैले पनि याद गर्दैनन् की गत सिजन सलाहले कसरी सिजनको सुरुवात गरेका थिए’ क्लोपले भने । सालाहले प्रिमियर लिगको पहिलो खेलमा वेष्ट ह्यामविरुद्ध आफ्नो पहिलो गोल गरेका थिए । तर,चार हप्ता अगाडी ब्राइटनविरुद्ध आफ्नो दोस्रो गोल गरेपछि उनले आफ्नो व्यक्तीगत तेस्रो गोल गर्न सकेका छैनन् । ‘यो पक्कैपनि संकटको अवस्था हो’ क्लोपले ठट्टा गर्दै भने, ‘यथार्थमा यो कुनै समस्या होईन ।’
लिभरपुलले सुरुवाती ५ खेलमा जित निकालेको छ र लिग तालिकाको दोस्रो स्थानमा छ । ‘हामीले गत बर्षको जस्तो गोलको अपेक्षा गरेका छैनौ । तर सम्भव भएसम्म गोल होस भन्ने कामना गछौ । रक्षात्मक रुपमा भन्दा पछिल्ला दुई खेल निकै उत्कृष्ट छन् ।’ क्लोपले भने, ‘सालाहको बारेमा भन्नु पर्दा उनी टिमकालागि काम गर्न निकै तयार छन् । फरवार्ड लाईनमा भएका खेलाडीका लागि गोल गर्न नसक्दा समस्या हुनु सामान्य हो । तर, उनी अहिले पनि एक खतरा हुन । दुवै खेलमा उनी शानदार अवस्था र राम्रो आकारमा छन् ।’
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]