6 years ago
September 22, 2018
एजेन्सी – पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा युभेन्ट्स फरवार्ड क्रिस्टियानो रानाल्डो विश्व फुटबलका एक सर्वश्रेष्ठ खेलाडी हुन् । उनी मैदान भित्र मात्र नभई मैदानबाहिर पनि एक स्टारका रुपमा परिचित छन् ।
रोनाल्डोले मैदानभित्र खेलेर पाएको सफलतालाई मैदान बाहिर व्यापारिक रुपमा पनि उत्तिकै सफलतापूर्वक प्रयोग गरेका छन् । तर उनको स्टारडमको गलत फाइदा उठाउँदै बेलाबेला रोनाल्डोको नाम जोडिएर धेरै पैसा दान गरेको समाचार सार्वजनिक हुने गर्छन् । रोनाल्डोले विभिन्न च्यारिटीमा सहयोग गर्दै आएपनि त्यसबारे खुलेर भन्ने गरेका छैनन् । केहि यस्ता समाचार छन् जसले बिना कुनै सबुत थुप्रै चर्चा पायो, तर अन्त्यमा सबै झुटो सावित हुन पुगे । चार त्यस्ता घटना जुन रोनाल्डोको प्रतिष्ठामा आँच ल्याउन भ्रामक रुपमा फैलाइयो :
१. बाढी पिडितलाई ७७ करोड दान
हालै मात्र प्रकाशन भएका रोनाल्डोका बारेमा एक समाचरले रोनाल्डोले समुद्री आँधीका कारण आएको बाढी पिडितलाई ७७ करोड दान गरेको हल्ला चल्यो । न त रोनाल्डो, न त उनको क्लब वा एक आधिकारिक मिडियाले यसको बरेमा सुचना दिएको हो । झुटो समाचार ह्याट्सअप समूहको माध्यमबाट प्रसारित भएको थियो र ट्वीटर, फेसबुकमा र इन्स्टिाग्राबाट यो समाचार फैलिएको थियो ।
२. प्यालेस्टाइनलाई गोल्डेन बुट दान
गत सिजन क्रिस्टियानो रानाल्डोले सिजनको शीर्ष गोलकर्ताको रुपमा गोल्डेन बुट जितेका थिए । त्यही गोल्डेन बुट रोनाल्डोले प्यालेस्टाइनहरुलाई दान दिएको समाचार सार्वजनिक भएको थियो । प्यालेस्टाइन त्यो समय इजरायली सरकारद्धारा पिडित थियो । तर, बुट अहिले पनि उनकै कोठामा राखिएको छ । त्यो समाचार एक अनधिकृत वेबसाइटद्धारा प्रकाशन गरिएको थियो । विश्वभर सामाजिक संजालको माध्यमबाट उक्त हल्ला फैलिएको थियो ।
३. नेपाली भुकम्प पिडितलाई ७.८ मिलियन दान
जब नेपालमा २०७२ बैशाख १२ गते विनाशकारी महाभुकम्प गएको थियो त्यती बेला पोर्चिुगिज स्टार खेलाडी रोनाल्डोले लगभग ७.८ मिलियन राहात स्वरुप दान गरेको समाचार बाहिरीएको थियो । रोनाल्डोले नेपाललाई सहानुभूति दिन नेपाल र पोर्चुगलको झन्डा बोकेर तस्बिर हाल्दा उनले नगद सहयोग भन्ने भ्रामक समाचार भाइरल भएको थियो । त्यसबेला रोनाल्डोले सेभ दि चिल्ड्रेनमार्फत उक्त सहयोग गरेको हल्ला चल्यो । पछि उक्त संस्थाले सो घटना सत्य नभएको भन्दै अस्वीकार गरिदिएको थियो ।
४. चापेकोएन्सी दुर्घटना पिडितलाई ३ मिलियन दान
फुटबल दुनियाकै दुखद मध्यको एक चापेकोएन्सी दुर्घटनामा ब्राजिलियन क्लबले थुप्रै खेलाडी गुमायो । त्यतीबेला फेरिपनि रोनाल्डोले टिमलाई तीन मिलियन दान गरेको हल्ला चल्यो । पछि उक्त खबर झुटो भएको सावित भयो । रोनाल्डोलेआफ्नो च्यारिटीमार्फत थुप्रै सहयोग गरेपनि मिडियामा भने त्यसबारे खुलेर बोलेका छैनन् । उनले आफ्नो गृहनगर मदेइरामा विपन्न वर्गका बालबालिकालाई निशुल्क प्रशिक्षण गर्न एकेडेमी नै खोलेका छन् ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]