6 years ago
September 22, 2018
बार्सिलोना (एजेन्सी)– फ्रान्स तथा बार्सिलोनाका विंगर ओसमाने डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीले सिजनको सुरुवाती चार खेलमा बार्सिलोनालाई लगातार जित दर्ता गराउन महत्वपुर्ण भुमिका खेलेका छन् ।
यसै क्रममा बार्सिलोनाले मंगलबार च्याम्पियनस लिगमा पिएसभीविरुद्ध ४–० को सानदार जित दर्ता गर्दा मेसीले ह्याट्रिक गर्दै कीर्तिमान राखेको थिए । उक्त खेलमा डेम्बेले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको ७४ औं मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पार्न महत्त्वपूर्ण भूमिका खेले । डेम्बेलेले यस सिजन सानदार सुरुवातको आनन्द लिएका छन् । उनले यस सिजन सबै खाले ६ खेलमा पाँच गोल गर्दै आफुलाई टोलीको अभिन्न पाटो रहेको सावित गरेका छन् ।
पछिल्लो सिजन नयाँ परिवेशमा अनुकूल हुनका संघर्ष गर्दागर्दै उनले चोट बोकेका थिए । तर, यस सिजन उनी नयाँ आत्मविश्वासका साथ खेलिरहेका छन् । उनको तीव्र गति र खेलमा डटने क्षमताले बार्सिलोनालाई एक नयाँ आवरण दिएको छ । पछिल्लो सिजन नेयमार पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भएपछि उनको कमीको महसुस भएको थियो । डेम्बेलेले भालाडोलिड र सोसिडाडविरुद्धको खेलमा बार्सिलोनाको जितमा निर्णयक गोल गरेका थिए । उनले स्पेनिस सुपर कपमा पनि सेभिल्लाविरुद्ध निर्णायक गोल गर्दै जित दिलाए ।
च्यम्पियन्स लिगमा उनले बार्सिलानाका लागि दोस्रो गोल गरेका थिए । पीएसभीविरुद्धको जित पछि प्रशिक्षक भाल्भार्डेले भने, ‘डेम्बेले राम्रो गरिरहेका छन् । यो सबै उनको कडा मेहनतको फल हो, ’ उनले थपे, ‘उनी टिमका लागि मद्दत गर्ने कोसिस गरिरहेका छन् । उनी विपक्षीलाई असन्तुलन गर्न सक्षम भएका छन् । यो कुरा अब उनीबाट निरन्तर पाउनेमा विश्वस्त छौ ।’
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]