6 years ago
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको सफल र चर्चित रुस्लान थ्री स्टार क्लबले अर्को साता सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणका लागि खेलाडी दर्ताको समय सिमा तोकेको अन्तिम दिन शुक्रबार (असोज ५ गते) थ्री स्टारले खेलाडीको नाम सार्वजनिक गरेको हो । २५ सदस्यीय टोलीमा नेपाली राष्ट्रिय टोलीका स्टार विमल घर्तिमगरको नाम समावेश छैन ।
उनका विषयामा क्लबमा छलफल भैरहेको क्लबका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले हाम्रो खेलकुदलाई जानकारी गराए । ‘क्लबमा विमलको विषयमा कुरा भैरहेको छ । उनी राम्रा खेलाडी हुन् । एन्फाको नियमअनुसार आजसम्म १८ खेलाडी दर्ता गर्नुपर्ने प्रावधान पूरा गरेका हौं ’ उनले भने ,‘प्रक्रियामा रहेको छ । कुरा नमिलेको अवस्थामा उनी अन्य क्लबमा जान पनि सक्नेछन् ।’
विमल गतवर्ष सूदुरपश्चिममा भएको खप्तड गोल्डकपबाट थ्री स्टारमा आवद्ध भएका थिए । थ्री स्टारमा आबद्ध भएको केहि समयमा उनी आइलिग टोलीमा पनि आबद्ध भएका थिए । तर, गत वर्ष नै उनी पुन थ्री स्टारमा फर्केका थिए । थ्री स्टारले त्यतिबेला बिमलसहित, अनन्त तामाङ, सुनिल बल र विश्वास श्रेष्ठलाई क्लबमा अनुबन्ध गरेको थियो ।
यसपटक थ्री स्टारले नयाँ खेलाडीको रुपमा अनिल गुरुङ र रन्जन विष्टलाई क्लबमा समावेश गरेको छ । रन्जनले नुवाकोट गोल्डकपबाट थ्री स्टारको जर्सी पहिरिएका थिए । करिब ५ बर्षपछि हुन लागेको ए डिभिजन लिग आगामी असोज १३ गतेबाट सुरु हुदैछ । थ्री स्टारले १५ असोजमा फ्रेन्डस क्लब कुपन्डोलसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।
रुस्लान थ्री स्टार क्लबको टिम
गोलरक्षक
एलेन न्यौपाने,पूर्ण चेम्जोङ, अभिषेक बराल
डिफेन्डर
अनन्त तामाङ, रन्जित धिमाल, विजय धिमाल, विष्णु सुनार, अशोक खवास, जीवन गुरुङ, पिटर सेगुन
मिडफिल्डर
बिक्रम लामा, निराजन खड्का, सुनिल बल, रुपेश केसी, मिसन लामा, मिक्छेन तामाङ, दीपेश घले,सुशिल राई, दिप्सन राउन
फरवार्ड
अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध चेम्जोङ, सुसन श्रेष्ठ, अजायी मार्टिन्स, जेनिस प्रजापति
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]