6 years ago
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको समुह ‘ईं’ दोस्रो खेलमा नेपालले म्यानमारसँग फराकिलो हार बेहोरेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबार भएको खेलमा नेपाल म्यानमारसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । लगातार दोस्रो हारसँगै नेपालको छनोट हुने सम्भावना सकिएको छ । म्यानमारसँग निरिह देखिएको नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा सुधारिएको खेल पस्केको नेपालले एक गोल फर्काउन सफल हुदा एक गोल खान पुगेको थियो । नेपालकी निकिता थोकरले एक गोल फर्काइन् ।
शुक्रबारै भएको अर्काे खेलमा फिलिपिन्सले मलेसियालाई १–० ले पराजित गरेको छ । फिलिपिन्सलाई जित दिलाउन अलामोले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा अलामोले गोल गरेकी हुन् ।
लगातार दुई जितसँगै फिलिपिन्सले ६ अंक जोडेको छ । मलेसियाको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा फिलिपिन्सले नेपाललाई ४–० ले पराजित गरेको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन म्यानमार र फिलिपिन्सबीच समूह विजेताको टुङ्गो लगाउने खेल हुनेछ ।
समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भैसकेका छन् ।
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]