6 years ago
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ईं’ को छनोटको दोस्रो खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि सुरु हुनेछ ।
पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले छनोटमा रहिरहन शुक्रबार म्यानमारलाई पराजित गर्दै छनोटमा पहिलो जितको खोजीमा हुनेछ । म्यानमारलाई पराजित गर्न सके नेपालले एएफसी यु–१६ एसिया कपमा प्रवेश गर्ने सम्भावना बलियो बनाउनेछ । तर, म्यानमारसँगको खेल नेपालका लागि निकै कठिन हुनेछ । म्यानमारले आफ्नो पहिलो खेलमा मलेसियालाई ३–० ले पराजित गरेको थियो । म्यानमार पनि घरेलु टोली नेपाललाई पराजित गर्दै दोस्रो जितको खोजीमा मैदान उत्रनेछ ।
शुक्रबारै फिलिपिन्स र मलेसियाबीच खेल हुनेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग २३ सेप्टेम्बरमा खेल्नेछ । सोही दिन फिलिपिन्स र म्यानमाबीच खेल हुनेछ । समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ प्रतियोगितामा स्थान बनाउनेछ ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]