6 years ago
September 21, 2018
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ । रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरील्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।
यद्यपी यूईएफए स्रोतका अनुसार रोनाल्डोलाई न्यूनतम १ खेलको प्रतिबन्ध नै लाग्ने भएको छ । यसअघि उनलाई २ देखि ३ खेल प्रतिबन्ध हुने सम्भावना रहेको थियो । यदि रोनाल्डो ३ खेल प्रतिबन्ध भएको भए म्यानचेस्टर युनाइटेडविरुद्ध अवे मैदानमा अक्टोबर २३ र घरेलु मैदानमा नोभेम्बर ७ मा हुने खेल गुमाउने थिए ।
युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रोनाल्डोलाई दिएको रातो कार्डको छानविन थाल्दैछ । रातो कार्ड पाएपछि रोनाल्डो भावुक हुँदै मैदान छाडेका थिए । यदि उनलाई एक खेल प्रतिबन्ध लगाएको खण्डमा उनले योंग ब्वाइजविरुद्धको खे गुमाउने छन् । उनले एक खेलको प्रतिबन्धमाथि भने यूईएफएमा अपिल गर्न पाउने छैनन् । तर दुई वा सो भन्दा बढी खेल प्रतिबन्ध लागेमा उनले अपिल गर्न पाउने प्रावधान छ ।
रोनाल्डोले रातो कार्ड पाएपनि उनले म्यानचेस्टर युनाइटेडविरुद्ध भने खेल्न पाउने अपेक्षा धेरैले गरेका छन् । युनाइटेडका पूर्व मिडफिल्डर ड्यारेन फेल्चारले भने, ‘रातो कार्ड निकै फितलो निर्णय थियो । खेलको नियम पढ्ने हो भने त्यो हर्कत गलत नै हो तर त्यसको लागि एक खेल भन्दा बढी प्रतिबन्ध लगाउनु पर्दैन । उनले युनाइटेडविरुद्ध दुवै खेलमा खेल्ने अपेक्षा गरेको छु ।’
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]