default_image

6 years ago

September 20, 2018

मनाङ छाडेका अनिल रुस्लान थ्री स्टारमा आबद्ध

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले १३ वर्षपछि रुस्लान थ्री स्टार क्लबमा फर्केका छन् । घरेलु फुटबल अर्को चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको लामो यात्रा औपचारिक रुपमा अन्त्य गरेको भोली पल्टै बिहीबार उनी थ्री स्टारमा आबद्ध भएका हुन् ।

‘थ्री स्टार क्लबले जहिले पनि खेलाडीलाई सम्मान गरेको मैलले पाएको छु । त्यसअर्थमा मलाई एकदम खुसी लागेको छ,’ अनिलले भने, ‘हामी दुवै पक्ष एकदमै खुसी भएर यो सम्झौता गरेका हौं । ‘उनको सम्झौता एक वर्षको रहेको छ । यसअघि उनी सन् २००५ मा थ्री स्टार गएका थिए । अर्को ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लबबाट उनी थ्री स्टार गरेको थिए ।

थ्री स्टारबाट उनले प्रेसिडेन्ट्स कप खेलेका थिए । त्यति बेला अनिल थ्री स्टारमा हुँदा मनाङ लिग च्याम्पियन बनेको थियो । त्यति बेला थ्री स्टारमा छोटो समयमा बसेका थ्री स्टार २००६ मा मनाङमा आबद्ध भएका थिए । उनी मनाङमा गएको पहिलो वर्ष भने थ्री स्टार लिग च्याम्पियन बनेको थियो ।

मनाङमा रहँदा उनको खेल जीवनले नयाँ मोड लियो उनी आइलिग टोली सिलोङ लाजोङ पुगेका थिए । ३ वर्ष लाजोङमा बिताएका उनले बेलायती क्लब वोकिङमा ट्रायल पनि दिएका थिए । क्लबले लिएको लिग जित्ने लक्ष्य पुरा गराउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने अनिलले बताए । ‘मैले दुई दिन थ्री स्टारमा प्रशिक्षण गरे । खेलाडीहरु पनि खुसी छन्,’ उनले भने, ‘हामी सबैको लक्ष्य भनेको टोलीलाई बढी भन्दा बढी सफल बनाउन प्रयास गर्नेछौं ।’

उनले प्रशिक्षकले आफुलाई जसरी खेलाउन चाहन्छन् त्यसरी खेलाउन सक्ने बताए । ‘म खेलाडी भएकोले मैले मेहनत गर्ने हो,’उनले थपे, प्रशिक्षकले मलाई कहा कसरी खेलाउने निर्णय गर्ने हो । म प्लेइङमा सधै पर्छु भन्ने ग्यारेन्टी हुन्न । तर, मेरो प्रयास पहिलो रोजाईमा पर्नका लागि हुनेछ । म मेहनत गर्नेछु ।’

गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका अनिलले पहिलो पटक २००६ मा मनाङको जर्सी लगाएका थिए । त्यति बेला दुई र पछिल्लो आठ वर्ष गरि १० वर्ष उनले मनाङमा बिताए । लाजोङबाट फर्केपछि २०१० मा उनी पुनः मनाङमा आबद्ध भएका थिए ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.