6 years ago
September 20, 2018
काठमाडौं (कास) – बंगलादेशको ढाकामा यसै महिना भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले फिफा वरियतामा सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपालले एक स्थान माथि चढेको छ । साफमा नेपाल सेमिफाइनलबाट घर फर्कँदा २ जित र २ हार बेहोरेको थियो । अघिल्लो महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल सेप्टेम्बर महिनाको वरियतामा १ सय ६० औं स्थानमा पुगेको हो ।
दक्षिण एसियाली राष्ट्रमध्य नेपाल भारत र माल्दिभ्सपछाडी तेस्रो स्थानमा छ । भारत एक स्थान तल ९७ औं स्थानमा पुग्यो । भारतलाई फाइनलमा हराउँदै साफ उपाधि जितेको माल्दिभ्स भने एक स्थान झर्दै १ सय ५१ औं स्थानमा छ । भुटान १ सय ८८ औं , बंगलादेश १ सय ९३ औं तथा श्रीलंका र पाकिस्तान समान १ सय ९९ औं स्थानमा छन् ।
एसियाली राष्ट्रमध्य इरान सबैभन्दा माथि ३३ औं तथा अस्ट्रेलिया ४३ औं स्थानमा छ । वरियताको शीर्ष स्थानमा फ्रान्स र बेल्जियम संयुक्त रुपमा रहेका छन् । तेस्रोमा ब्राजिल तथा चौथोमा क्रोएसिया छन् ।
दक्षिण एसिया:
भारत ९७
माल्दिभ्स १ सय ५१
नेपाल १ सय ६०
भुटान १ सय ८८
बंगलादेश १ सय ९३
श्रीलंका र पाकिस्तान १ सय ९९
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]