default_image

6 years ago

September 20, 2018

रियाल म्याड्रिडको सहज जित

42 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा सहज जित निकालेको छ । रियालले इटालियन क्लब एएस रोमामाथि ३–० को सहज जित निकालेको हो ।

रियाललाई जिताउन इस्को, ग्यारेथ बेल र मारियानो डियाजले गोल गरे । घरेलु मैदान सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियालले पहिलो हाफको इन्जुरी समयमा इस्कोको गोलबाट १–० को अग्रता लिन सफल भएको थियो । इस्कोको प्रहार फ्रिकिक रोमाका गोलरक्षक रोविन ओल्सेनले रोक्ने कुनै मौका नै पाएन ।

५८औं मिनेटमा ग्यारेथ बेलले लुका मोड्रिचको पासमा गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा वैकल्पिक खेलाडी मारियानो डियाजले मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई ३–० को सहज जित दिलाए । मारियानो ७३औं मिनेटमा ग्यारेथ बेलको स्थानमा मैदान प्रवेश गरेका थिए । रोमाले पनि गोलका कही मौका सिर्जना गरेपनि रियालको बलियो रक्षापङ्ति तोड्न सकेन ।

यो समुहको अर्काे खेलमा भिक्टोरिया प्लाजेन र सिएसकेए मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बँडे । समुह ‘जी’ मा पहिलो जितसहित रियालले ३ अंक जोडेको छ ।

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.