6 years ago
September 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको लामो यात्राको अन्त्य गरेका छन् । पटक पटक गरि एक दशक मनाङमा बिताएका अनिलले दस दिनपछि सुरु हुने ए डिभिजन लिगमा अर्को क्लबको जर्सी लगाउने निर्णय गरेका छन् ।
मनाङबाट रिलिज लेटर लिएकै दिन बुधबार अनिलले रुस्लान थ्री स्टार क्लबको प्रशिक्षणमा सामेल भएका छन् । यद्दपी थ्री स्टारसँग सम्झौता भइनसकेको अनिलले हाम्रो खेलकुदलाई जनाएका छन् । ‘कुरा अघि बढेको छ, निर्णय भइसकेको छैन,’ उनले भने, ‘केहि दिनमा टुंगिनेछ ।’
पछिल्लो पटक सन् २०१० मा मनाङमा आबद्ध भएका अनिलको नेतृत्वमा क्लबले ए डिभिजन लिगसहित घरेलु फुटबलका अधिकांश उपाधि जितेको थियो । अनिलले खेल जीवनको अन्त्य मनाङबाटै गर्ने बताएका थिए । तर, उनले सोचे जस्तो भएन ।
‘व्यवासयिक खेल जीवनमा उतार चढाव हुन्छ । म मनाङमा परिवार जसरी बसेको थिए,’ उनले भने, ‘अब अहिले यात्रा यहि टुंगाउने निर्णयमा पुगे ।’ गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका अनिलले पहिलो पटक २००६ मा मनाङको जर्सी लगाएका थिए । त्यति बेला दुई र पछिल्लो आठ वर्ष गरि १० वर्ष उनले मनाङमा बिताए ।
पहिलो पटक मनाङ जानुअघि उनीले थ्री स्टारबाट पनि खेलेका थिए । थ्री स्टार जानुअघि उनले ब्रिगेड ब्वाइजबाट खेलेका थिए । केहि समय एनआरटीबाट खेलेका अनिलसँग आइलिगको पनि अनुभव छ । उनले सिलोङ लोजोङबाट व्यावसायिक फुटबल खेलेका थिए । लाजोङबाट फर्केपछि २०१० मा उनी पुनः मनाङमा आबद्ध भएका थिए ।
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]
March 6, 2025
एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]