default_image

6 years ago

September 19, 2018

रोनाल्डो विना रियलको च्याम्पियन्स लिग यात्रा

46 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिग समूह चरणमा आज रोमाको सामना गर्दैछ । ला लिगामा अपराजित रहेको रियलले च्याम्पियन्स लिगमा पनि त्यसैको निरन्तरताका लागि प्रयास गर्नेछ । उपाधि जोगाउने अभियानको सुरुवातका रुपमा रियलले आजबाट यात्रा प्रारम्भ गर्नेछ ।

यी दुई टोलीबीच महत्वपूर्ण तीन पक्ष

१. जिदान र रोनाल्डो विनाको रियल
क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले गत सिजनको अन्त्यसँगै रियल छाडेका थिए । लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि दिलाउनेमा प्रशिक्षकका रुपमा जिदान र खेलाडीका रुपमा रोनाल्डोको महत्वपूर्ण भूमिका रहेको थियो । यसपटक दुवैको साथ रियलमा हुने छैन ।
२. गोल वर्षा
यो सिजन ला लिगामा रियलले पाँच मध्ये एउटामात्र खेलमा क्लिनसिट राख्न सफल भएको छ । अर्को तिर रोमाले पनि ४ खेलमा ७ गोलको सामना गरिसकेको छ । तर, दुवै टोलीले लगातार गोल पनि गरिरहेका छन् । जसले आज हुने खेललाई थप रोमाञ्चक बनाउन सक्छ ।
१.रियल हावी


रियल र रोमाबीच यसअघि १० पटक प्रतिस्पर्धा भइसकेको छ । हेड टु हेडमा रियल माथि छ । रियलले ६ खेल जित्दा रोमाले ३ खेलको नतिजा मात्र आफ्नो पक्षमा पारेको छ । यी दुई टोलीबीच सन् २०१६ को अन्तिम १६ को प्रतिस्पर्धामा भेट भएको थियो । जसमा रोमालाई समग्रमा ४–० ले हराउँदै रियल अघि बढेको थियो ।

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.