default_image

6 years ago

September 19, 2018

च्याम्पियन्स लिग : मंगलबार रातिको नतिजाहरु

114 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरणअन्तर्गत पहिलो खेल समाप्त भएको छ । समूह ‘ए’ देखि ‘डी’ सम्मको खेलका नतिजा यसप्रकार छन् ।

समूह ‘ए’ मा बोरुसिया डर्टमुन्डले क्लब ब्रुजाको मैदानमा १-० को जित दर्ता गर्यो । क्रिस्टियन पुलिसिचले खेलको ८५ औं मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त रहयो । एटलेटिको म्याड्रिडले मोनाकोको घरेलु मैदानमा २-१ को जित रच्यो । स्यामुएल ग्रान्डसरको गोलमा मोनाकोले १८ औं मिनेटमा अग्रता लिएपनि डिएगो कोस्टा र जोसे हिमिनेजले गोल गर्दो खेल एटलेटिकोको पक्षमा पारे ।

समूह ‘बी’ मा टोटेनहम हट्स्पर इन्टर मिलानको मैदानमा २-१ ले पराजित भयो । कप्तान माउरो इकार्डी र माटियास भेचिनोले गोल गर्दै इन्टरलाई जित दिलाए । त्यसअघि स्पर्सले क्रिस्टियन एरिक्सनको गोलमा अग्रता लिएको थियो । बार्सिलोनाले डच क्लब पीएसभीलाई ४-० को फराकिलो अन्तरले हरायो । बार्साको जितमा लिओनेल मेसीले ह्याट्रिक हान्दा ओस्मान डेम्बेलेले १ गोल गरे ।

निकै प्रतिस्पर्धात्मक मानिएको समूह ‘सी’ मा लिभरपुलले विजयी सुरुआत पायो घरेलु मैदान एनफिल्डमा लिभरपुल पीएसजीलाई ३-२ ले पराजित गर्न सफल रहयो फ्रान्सेली च्याम्पियन पीएसजीले २-० ले पछाडी परेको स्थितिलाई बराबरीसम्म ल्याएको थियो पहिलो हाफमा ड्यानीएल स्टरिज र जेम्स मिल्नरले घरेलु टोलीका लागि गोल गरे दोस्रो हाफमा पीएसजीले थोमस मुनिएर र किलियन एमबाप्पेको गोलमा पुनरागमन गर्यो । तर वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले अतिरिक्त समयमा गोल गर्दै महत्त्वौर्ण जित दिलाए । समूहको अर्को खेलमा नेपोली र रेड स्टार बेलग्रेड दुवैले कुनै गोल गर्न सकेनन् ।

सबैभन्दा कमजोर मानिएको समूह ‘डी’ मा गालाटासरेले लोकोमोटिभ मस्कोलाई ३-० ले हराउँदै विजयी सुरुआत गर्यो । टर्किस टोलीको जितमा ग्यारी रोड्रीग्वेस, एरेन डर्डीयोक र सेल्चुक इनानले गोल गरे । अर्को खेलमा एफसी साल्का र एफसी पोर्टोले १-१ को बराबरी खेले । साल्काले ब्रील एम्बोलोको गोलमा अग्रता लिएपनि ओताभियोले खेल बराबरीमा ल्याएका थिए ।

खेल हुने नेपाली समय :

समूह बी : इन्टर मिलान २-१ टोटेनहम हट्स्पर, बार्सिलोना ४-० पीएसभी

समूह डी : गालाटासरे ३-० लोकोमोटिभ मस्को, साल्का १-१ एफसी पोर्टो

समूह सी : लिभरपुल ३-२ पेरिस सेन्ट जर्मेन, रेड स्टार बेलग्रेड ०-० नेपोली

समूह ए : क्लब ब्रुजा ०-१ बोरुसिया डर्टमुन्ड, मोनाको १-२ एटलेटिको म्याड्रिड

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.