6 years ago
September 19, 2018
बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगमा पछिल्ला केहि सिजनयता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको एकल दबदबा रहँदै आएको छ । उनले प्रतियोगिताको उपाधि जित्ने मात्र नभएर सर्वाधिक गोलकर्तामा पनि लगातार सफलता हात पारेका छन् ।
मंगलबार यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत पहिलो खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा लिओनेल मेसीले ह्याट्रिक प्रहार गरे । पहिलो हाफमा फ्रिकिकमार्फत गोल गरेका उनले दोस्रो हाफमा दुई उत्कृष्ट फिनिस गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । च्याम्पियन्स लिग इतिहासमा मेसीको यो आठौँ ह्याट्रिक पनि थियो । यस ह्याट्रिकसँगै मेसीले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने सुचिमा रोनाल्डोलाई उछिनेका छन् ।
पोर्चुगिज स्टार रोनाल्डोले च्याम्पियन्स लिगमा ७ पटक ह्याट्रिक गरेका छन् । मेसी र रोनाल्डो यस खेलअघि बराबर रहेपनि मेसीले तेस्रो पटक समूह चरणको पहिलो खेलमा नै ह्याट्रिक गर्दै उक्त रेकर्डमा आफ्नो नाम कायम गरे । रोनाल्डो र मेसीपछि तीन खेलाडीले ३-३ पटक ह्याट्रिक प्रहार गरेको तथ्यांक छ । तीन ह्याट्रिक प्रहार गर्नेमा मारियो गोमेज, लुइज आद्रियानो र फिलिप्पो इन्जाघी रहेका छन् ।
च्याम्पियन्स लिगमा रोनाल्डोले बुधबार नै युभेन्ट्सका लागि डेब्यु गर्दैछन् । रोनाल्डोले पछिल्लो सिजन च्याम्पियन्स लिगमा १५ गोल गर्दै रियल म्याड्रिडलाई उपाधि दिलाएका थिए । पछिल्लो ५ सिजनमध्य रोनाल्डोले ४ पटक उपाधि नै जितेका छन् । यसपटक पनि उनी टोलीलाई उपाधि दिलाउँदै गोल्डेन बुट हात पार्ने सुरमा हुनेछन् । त्यसका लागि रोनाल्डोसामु ह्याट्रिक प्रहार गर्दै मेसीसँग कीर्तिमान नै बराबरी गर्ने अवसर पनि छ ।
च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक:
लिओनेल मेसी – ८ ह्याट्रिक
क्रिस्टियानो रोनाल्डो – ७ ह्याट्रिक
मारियो गोमेज, फिलिप्पो इन्जाघी र लुइज आद्रियानो – ३ ह्याट्रिक
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]