6 years ago
September 19, 2018
टुरीन (एजेन्सी) – इटालियन लिग अन्तर्गत आइतबार सासुओलोविरुद्ध खेलमा विपक्षी खेलाडीलाई थुकेका युभेन्ट्स विंगर डग्लस कोस्टालाई इटालियन लिगले ४ खेलको प्रतिबन्ध लगाउने भएको छ ।
कोस्टाके सासुओलोविरुद्ध खेलमा फेडेरिको डी फ्रान्सेसकोलाई लगातार फल हान्दै अन्त्यमा थुकेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । सामान्यतया खेलभावना विपरित कार्य गरेपछि रेफ्रीले रातो कार्ड देखाउँदा ३ खेल प्रतिबन्ध लाग्ने नियम छ । तर लिगले उनले देखाएको व्यवहार अमानवीय रहेको भन्दै थप प्रतिबन्ध लगाएको हो । ब्राजिलका विंगर कोस्टाले पहिला कुइनो र टाउकोले हानेपछि फ्रान्सेसकोलाई थुकेका थिए । रेफ्रीले नदेखको उक्त घटना भीएआर रिभ्युबाट हेरेर रेफ्रीले रातो कार्ड फिएका थिए ।
खेल सकिएलगत्तै कोस्टाले सामाजिक संजालमार्फत माफी पनि मागेका थिए । उनले खेलको दौरान आफूले संयमता अपनाउन नसकेका करण उक्त घटना भएको बताए । उनले सम्पूर्ण खेलाडी, प्रशिक्षक र समर्थकसँग माफी पनि मागेका छन् । युभेन्ट्स प्रशिक्षक मासिमिलानो एलेग्रीले पनि यस घटनालाई क्लबले गम्भीरतापुर्वक लिएको र आवश्यक कारवाही अगाडी बढाउने बताएका थिए । उनले कोस्टालाई त्यस्तो नराम्रो कार्य गर्न उत्तेजित पारिएको हुनसक्ने आशंका पनि व्यक्त गरेका थिए ।
यता फ्रान्सेसकोले भने आफूले कुनै गलत काम नगरेको प्रष्ट पारेका छन् । ‘मलाई सामाजिक संजाल र संचार माध्यमबाट धेरै प्रश्न आइरहेको छ । मैले कुनै उक्साउने र उत्तेजित पर्ने कार्य गरेको छैन,’ उनले भने,’ म खेललाई माया गर्ने खेलाडी हुँ र यसको सम्मान गर्छु । मैले अन्य खेलाडीलाई गरेजस्तै सम्मान फिर्ता पाउने अपेक्षा गरेर मैदानमा उत्रने गर्दछु ।’
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]