6 years ago
September 20, 2018
एजेन्सी – फ्रान्सको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य तथा विश्वकप विजेता एन्टोइन ग्रिजम्यानले रुस विश्वकपमा गरेको आफ्नो प्रदर्शन पछि आफु विश्व स्तरीय खेलाडीको स्थानमा रहेको बताएका छन् ।
उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै गोल गर्न नसकेपनि आफ्नो स्किलका आधारमा स्तरीय खेलाडी रहेको बताए । ‘फुटबल हेर्ने विभिन्न तरिका हुन्छन् । यो स्पष्ट छ की म रोनाल्डो, मेसी, नेयमार वा केलियन एमबाप्पे भन्दा फरक छु, ’ ग्रिजम्यानले भने, ‘म विश्वस्तरीय खेलाडी हुँ र अझै राम्रो गर्न सक्छु । म सबैमा पूर्ण हुन चाहन्छु । म ५० गोल गर्ने मध्येको हैन । तर, म टिमका लागि अट्रयाकर र टिमलाई सहयोग गर्द छु ।’
ग्रिजम्यानले थपे, ‘मलाई यस्तो लाग्छ की अन्य खेलाडी निश्चित रुपमा मान्ने छैन्न् । तर, म अझै राम्रो हुन सक्छु ।’ उनी फिफाको द बेस्ट अवार्डमा आफ्नो नाम सार्वजनिक नहुँदा खुसी छैनन् । ‘यो फिफाले दिने पुरस्कार हो भन्दा लज्जाको विषय हो भन्ने लाग्छ । कोहि पनि विश्वकप उपाधि विजेता यस सुचिमा छैनन् । हाम्रो विश्वकप यात्रा उत्कृष्ट थियो । जस्तै एमबाप्पे, भराने र कान्टे,’ उनले थपे, ‘ बेलोन डि’ओर योभन्दा धेरै प्रतिष्ठित उपाधि हो । तर, यसमा पनि विवाद छ । यो मेरो आफ्नो विचार हो । मलाई यस्तो लाग्छ ।’
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]