default_image

6 years ago

September 18, 2018

बार्सिलोना विरुद्ध पीएसभी – सुरुआती ११

65 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पहिलो खेलमा बार्सिलोनाले पीएसभी आइन्डोभनको सामना गर्दैछ । नेपाली समयअनुसार १०:४० मा सुरु हुने खेलको लागि दुवै टोलीले सुरुआती ११ घोषणा गरेका छन् ।

बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा मिडफिल्डर फिलिपे कोउटिन्होलाई डेब्यु दिएको छ । उनी गत सिजन नै बार्सिलोना आएपनि च्याम्पियन्स लिगमा भने खेल्न पाएका थिएनन् । उनीसँगै मिडफिल्डको जिम्मेवारी इभान राकीटिच र सर्जियो बुस्केट्सले सम्हाल्नेछन् । आक्रमणमा कप्तान लिओनेल मेसीसँगै लुइस सुआरेज र ओस्मान डेम्बेले हुनेछन् ।

बार्सिलोनाले विगतमा लिग र कपमा फरक गोलरक्षक खेलाउने प्रयास पनि गरेको थियो । यसपटक भने मार्क आन्देर टेर स्टेगननै पहिलो रोजाईका गोलरक्षक रहेका छन् । मध्य डिफेन्समा जेरार्ड पिके र स्यामुएल उम्टिटी रहेका छन् । जोर्डी आल्बा र सर्जी रोबर्टो विंगब्याकका रुपमा रहनेछन् । वैकल्पिक खेलाडीमा जास्पर सिलेसन, नेल्सन सेमेडो, आर्थर, राफिन्हा, क्लेमेन्ट लेन्ग्लेट, मुनिर एल हदादी र आर्टुरो भिडाल रहेका छन् ।

बार्सिलोनाको सुरुआती ११:

स्टेगन

अल्बा – पिके – उम्टिटी – रोबर्टो

राकीटिच – बुस्केट्स – कोउटिन्हो

डेम्बेले – सुआरेज – मेसी

पीएसभी:

जोरिएन जोएट

देन्जेल दम्फ्रिज – ड्यानीएल स्वाब – निक भिएरगभर – एन्जेलिनो

पाब्लो रोजारियो – जोरिट हेन्डरिक्स

स्टिभन बर्गविजन – गास्टोन परेइरो – हर्भीङ लोजानो

लुक डे जोङ

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.