6 years ago
September 18, 2018
लन्डन (एजेन्सी)– च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत पेरिस सेन्ट जर्मेन र लिभरपुलको खेलमा समर्थकहरुले भरपुर मनोरञ्जन प्राप्त गर्ने पिएसजी कप्तान थियागो सिल्भाले बताएका छन् । लिभरपुल र पिएसजी विश्व फुटबलमा बलियो आक्रमण रहेको पनि उनले बताए ।
मोहमद सलाह, रोबेर्टो फिर्मेनो र साडियो मानेको आक्रमणले लिभरपुल निकै बलियो मानिएको छ । अघिल्लो सिजन च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्न चुकेको पिएसजी पनि यसपटक लयमा देखिने विश्वास गरिएको छ ।
केलियन एमबाप्पे, नेयमार र इडिन्सन काभानीको बलियो आक्रमणमा पिएसजी निकै बलियो रहेको छ । सिल्भाले पनि टोलीले सफल नतिजा प्राप्त गर्ने विश्वास लिएका छन् । ‘सफल सुरुवातका लागि आशावादी छौं र हामी तयार छौं,’ सिल्भाले भने, ‘हामी खेलमा केन्द्रित छौं । मलाई लाग्छ आज वास्तविक फुटबल हुनेछ ।’
उनले आजको खेलमा विश्व फुटबलका सम्भवना सबैभन्दा मजबुत अग्रपंक्ति फुटबलको मज्जा लिन पाउने विश्वास व्यक्ति गरे । दुवैमा तीन जना फरवार्ड छन् । ‘त्यसले खेलमा निकै रोमाञ्चकता दिनेछ,’ सिल्भाले भने, ‘मलाई लाग्छ यो खेल निकै उत्साहजनक र रोमाञ्चक हुनेछ ।’
समूहमा यी दुई टोलीलाई अघिल्लो चरण पुग्ने दाबेदारका रुपमा हेरिएको छ । सोही समूहको अर्को खेलमा नेपोली र रेड स्टार बेलग्रेडबीच प्रतिस्पर्धा हुनेछ ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]