default_image

9 years ago

February 27, 2016

झापालाइ हराउँदै पुलिस बिराट गोल्ड कप विजेता

129 views

0 Bookmark

बिराटनगरको सहिद मैदानमा सम्पन्न बिराट गोल्ड कप मा झापा ११ लाई १-० ले हराउदै नेपाल पुलिस क्लब उपाधि जित्न सफल भएको छ|
IMG_1066
दोस्रो हाफमा बिमल घर्ती मगरको स्थानमा मैदान प्रवेश गरेका भरत शाह्को ८७औ मिनेटको गोल खेलको निर्णायक गोल साबित भयो । झापाले भने धेरै प्रयास गर्दा पनि गोल गर्न सकेन । कर्ण लिम्बुको तीन वटा प्रयास पोस्टको बारमा लागेर फर्कियो ।
फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका भोला सिल्वाल म्यान ओफ द म्याच घोसित भए ।
त्यसै गरि पुलिसका गोल किपर विशाल श्रेष्ठ प्रतियोगिता को उत्कृष्ट किपर रहे , झापाका देवेन्द्र तामङ उत्कृष्ट डिफेन्डर , झापाका योगेस गुरुङ उत्कृष्ट मिड्फिल्डर र झापाका कर्ण लिम्बू उत्कृष्ट स्ट्राइकर घोसित भए| त्यस्तै नेपाल पुलिसका डिफेन्डर सुमन सुवेदी प्रतियोगिताको सर्वकृस्ट खेलाडी घोसित भए ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.