default_image

6 years ago

September 18, 2018

लिभरपुल विरुद्ध पीएसजी – खेलको सम्पूर्ण जानकारी

59 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘सी’ अन्तर्गत लिगको पहिलो चरण खेलमा लिभरपुलले घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई निम्त्याउँदै छ । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे हुनेछ ।

लिभरपुलले चोटका कारण महत्त्वपूर्ण तीन खेलाडी गुमाएको छ । विश्वकप फाइनल खेलेका डेजान लोभारेन तथा इंग्लिस मिडफिल्डरद्वय एडम लालाना र एल्केस अक्स्लेड चेम्बरलिन चोटका कारण खेलमा उपलब्ध हुने छैनन् । यसबाहेक रोबर्टो फिर्मिनोपनि शनिबार स्पर्सविरुद्ध खेलमा आँखामा चोट बोकेपछि खेल्ने-नखेल्ने टुङ्गो लागेको छैन । कप्तान जोर्डन हेन्डरसन स्पर्सविरुद्ध खेलमा बेन्चमा रहेका कारण यस खेलमा सुरुआती रोजाईमा खेल्ने अपेक्षा गरिएको छ ।

पीएसजीले पनि चोट र प्रतिबन्धका कारण मुख्य खेलाडीहरुको साथ नपाउने पक्का छ । डिफेन्डरद्वय लेभिन कुर्जावा र ड्यानी आल्भेस घाइते रहेका कारण टोलीसँग छैनन् । जियानलुइजी बुफोन र मारको भेर्राट्टी पछिल्लो सिजन च्याम्पियन्स लिगमा पाएको रातो कार्डका कारण खेल्न पाउने छैनन् । बुफोनको स्थानमा अल्फोन्स एरिओला खेल्नेछन् भने मिडफिल्डमा डिफेन्डर मार्किन्होस खेल्ने सम्भावना रहेको छ ।

पीएसजीले च्याम्पियन्स लिगमा खेलेका पछिल्लो तीनै खेलमा पराजय भोगेको छ । यसक्रममा पीएसजीले प्रत्यक खेलमा कम्तिमा २ गोल खाएको तथ्यांक छ । लिभरपुलले पनि च्याम्पियन्स लिगको पछिल्ला तीन खेलमा कम्तिमा २-२ गोल खाएको छ । दुवै टोलीले च्याम्पियन्स ल्गिमा गत सिजन भोगेको खराब अन्त्यलाई छाडेर यसपटक सुखद सुरुआत गर्ने सुरमा छन् ।

पीएसजी र लिभरपुलले हालसम्म कुनै औपचारिक खेलमा खेलेका छैनन् । लिग अन्तर्गत शनिबार लिभरपुलले टोटेनहमलाई २-१ ले पराजित गरेको थियो । पेरिसले पनि सेन्ट एटिएनलाई ४-० को फराकिलो अन्तरले परजित गरेको थियो । उक्त खेलमा नेयमार र एमबाप्पेले विश्राम पाएका कारण यस खेलमा दुवै उच्च फिटनेसमा हुनेछन् ।

सम्भावित सुरुआती ११ :

लिभरपुल:

एलिसन बेकर

एलेक्जेन्डर आर्नोल्ड – जो गोमेज – भर्जिल भान डाइक – एन्डी रोबर्टसन

जिओर्जिनियो वाइनाल्डम – जोर्डन हेन्डर्सन – नाबी केइटा

मोहमा सलाह – रोबर्टो फिर्मिनो – साडियो माने

पेरिस सेन्ट जर्मेन:

अल्फोन्स एरिओला

थोमस मुनिएर – थियागो सिल्भा – प्रेस्नेल किम्पेम्बे – जुआन बर्नाट

एड्रिएन राबीओट – मार्किन्होस

किलियन एमबाप्पे – नेयमार – एन्जल डी मारिया

एडिन्सन कभानी

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.