default_image

6 years ago

September 18, 2018

इन्टर मिलान विरुद्ध टोटेनहम : खेलको सम्पूर्ण जानकारी

102 views

0 Bookmark

मिलान (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘बी’ को पहिलो चरणको खेलमा इटालियन क्लब इन्टर मिलान र टोटेनहम हट्स्पर भिड्दै छन् । इन्टरको घरेलु मैदान सानसिरोमा हुने खेल नेपाली समयअनुसार रातको १०:४० बजे सुरु हुनेछ ।

घरेलु टोली इन्टरले चोटका कारण क्रोएसियाका राइट ब्याक सिमे भर्साल्कोलाई गुमाएको छ । ड्यानिलो डी एम्ब्रोसियो र लौटारो मार्टिनेज पनि पूर्ण रुपमा फिट छैनन् र खेलको अगाडी मात्र स्थिति थाहा हुनेछ । प्रशिक्षक लुसियानो स्पालेटीले डाल्बर्ट, रोबर्टो जिलार्दिनो र जोआओ मारियोलाई च्याम्पियन्स लिग टोलीमा राखेका छैनन् ।

यता टोटेनहमको पनि चोटका कारण निकै समस्या रहेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले काइरन ट्रीपिएर र टोबी एल्डरवेरल्डलाई रणनीतिक कारण देखाउँदै लन्डनमै छाडेर आएका छन् । ह्युगो लोरिस, डेले अली र मौसा सिसोको चोटका कारण उपलब्ध रहने छैनन् । ठूलो टोली भएका कारण जुआन फोइथ, जर्जेस-केभिन एनकुडु र भिन्सेन्ट जान्सेन च्याम्पियन्स लिग टोलीमा अटाउन सकेनन् ।

इन्टर मिलान र टोटेनहमबीच भएको पछिल्लो ५ खेलमा स्पर्स दुई पटक विजयी भएको छ भने इटालियन टोलीले २ जित हात पारेको छ । यसक्रममा स्पर्सले १६ गोल गर्दै १० गोल खाएको छ । पछिल्लो पटक यी दुई टोली आमनेसामने हुँदा स्पर्स ६-१ को फराकिलो अन्तरले विजयी रहेको थियो । सन् २०१६ मा मैत्रीपूर्ण खेलमा ह्यारी केनको दुई गोलको मदतले स्पर्स सहजै विजयी रहेको थियो ।

इन्टर मिलानले इटालियन लिगको पछिलो खेलमा घरेलु मैदानमा पार्मासँग १-० को हार बेहोरेको थियो । टोटेनहम पनि घरेलु मैदान वेम्बलीमै लिभरपुलसँग २-१ ले पराजित रहयो । दुवै टोली लिगको हारलाई च्याम्पियन्स लिगको सफल सुरुआतले बिर्साउने प्रयासमा हुनेछन् ।

सुरुआती ११ :

इन्टर मिलान:

सामिर हान्डानोभिच

मिलान स्क्रिनियर – स्टेफन डे भ्रिज – मिरान्डा – क्वाडो आसामोह

माटीआस भेचिनो – मार्सेलो ब्रोजोभिच

माटियो पोलिटानो – राद्जा नाइनगोलन – इभान पेरिसिच

माउरो इकार्डी

टोटेनहम हट्स्पर:

मिसेल भोर्म

सर्ज आउरिएर – डाभिन्सन सान्चेज – जान भर्टोन्घन – बेन डेभिस

भिक्टर वानयामा – मौसा डेम्बेले

एरिक लामेला – क्रिस्टियन एरिक्सन – लुका मोउरा

ह्यारी केन

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.