default_image

6 years ago

September 18, 2018

च्याम्पियन्स लिग : आज को-को खेल्दै?

58 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारदेखि समूह चरणअन्तर्गत पहिलो खेल हुँदैछ । आज समूह ए देखि डी सम्मको खेल सम्पन्न हुनेछ ।

समूह ‘ए’ मा क्लब ब्रुजाको मैदानमा बोरुसिया डर्टमुन्डले प्रतिस्पर्धा गर्नेछ भने एटलेटिको म्याड्रिडले मोनाकोको घरेलु मैदानमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा टोटेनहम हट्स्परले इन्टर मिलानको मैदान सान सिरोमा प्रतिस्पर्धा गर्नेछ । बार्सिलोनाले डच क्लब पीएसभीलाई आफ्नो घरेलु मैदानमा निम्तो दिनेछ । दुवै खेल रातको १०:४० मा सुरु हुनेछ ।

समूह ‘सी’ को खेलमा लिभरपुलले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनको चुनौती स्वीकार्नेछ । नेपोलीभने रेड स्टार बेलग्रेडको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । सबैभन्दा कमजोर मानिएको समूह ‘डी’ मा गालाटासरे र लोकोमोटिभ मस्को आमनेसामने हुँदैछन् । समूहको अर्को खेलमा सालका र एफसी पोर्टोले जर्मनीमा प्रतिस्पर्धा गर्नेछन् । यी दुवै समूहको खेल रातको १२:४५ बजे हुनेछ ।

खेल हुने नेपाली समय :

इन्टर मिलान विरुद्ध टोटेनहम हट्स्पर – रातको १०:४० बजे

बार्सिलोना विरुद्ध पीएसभी – रातको १०:४० बजे

गालाटासरे विरुद्ध लोकोमोटिभ मस्को – रातको १२:४५ बजे

साल्का विरुद्ध एफसी पोर्टो – रातको १२:४५ बजे

लिभरपुल विरुद्ध पेरिस सेन्ट जर्मेन – रातको १२:४५ बजे

रेड स्टार बेलग्रेड विरुद्ध नेपोली – रातको १२:४५ बजे

क्लब ब्रुजा विरुद्ध बोरुसिया डर्टमुन्ड – रातको १२:४५ बजे

मोनाको विरुद्ध एटलेटिको म्याड्रिड – रातको १२:४५ बजे

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.