6 years ago
September 18, 2018
पेरिस (एजेन्सी) – विश्व क्लब फुटबलमा वर्तमान समयमा लिभरपुल र पेरिस सेन्ट जर्मेन (पीएसजी) को आक्रमण नै सबैभन्दा खतरानक रहेको पीएसजी कप्तान थियागो सिल्भाले बताएका छन् । च्याम्पियन्स लिगमा मंगलबार यी दुई टोली समूह ‘सी’ को खेलमा आमनेसामने हुँदैछन् ।
पीएसजीको आक्रमणमा ब्राजिलियन फरवार्ड नेयमार, उरुग्वेका एडिन्सन कभानी र फ्रान्सेली युवा स्टार किलियन एमबाप्पे रहेका छन् । यता लिभरपुलको आक्रमण इजिप्टका मोहमद सलाह, सेनेगलका कप्तान साडियो माने र ब्राजिलियन रोबर्टो फिर्मिनोले सम्हाल्नेछन् । यद्यपी फिर्मिनो आँखाको चोटका कारण यस खेलका लागि उपलब्ध नहुने सम्भावना छ । उनी शनिबार स्पर्सविरुद्ध प्रिमियर लिगको खेलमा घाइते भएका थिए ।
सिल्भाले मंगलबार हुने खेलमा विश्वको दुई उत्कृष्ट आक्रामक टोली भिड्ने हुनाले खेल निकै रोमांचक हुने अपेक्षा गरेका छन् । ‘हामी तयार छौं । टोलीले यस खेलका लागि राम्रो सुरुआत गर्ने लक्ष्य राखेको छ र आशा छ हामी ३ अंक बोकेर घर फर्कनेछौं,’ कप्तान सिल्भाले भने, ‘नतिजा ल्याउने जिम्मेवारी हाम्रो हो । खेलमा केन्द्रित भएर समर्थकहरुलाई खुसी तुल्याउन तत्पर छौं । यो खेल दुई उत्कृष्ट आक्रमण भएका टोलीबीच हुने कारणले रोमांचक हुने आशा छ ।’
सिल्भाले दुवै टोलीका आक्रामक तीन खेलाडी विश्व स्तरीय रहेको बताए । ‘क्लब फुटबलमा दुवै टोलीले निकै बलियो आक्रामक तीन खेलाडी पाएका छन् । दुवै तर्फ बलियो आक्रमण भएकाले पनि खेलमा गोल धेरै हुने सम्भावना हुन्छ,’ उनले थपे, ‘तर हामी रणनीतिक रुपमा कसरि खेल्छौं भन्ने पनि महत्त्वपूर्ण पाटो हो । दुवै प्रशिक्षक राम्रा छन् । खेलका लागि उत्साहित छु । ‘
March 5, 2025
एजेन्सी – इंग्लिस क्लब आर्सनलले नेदरल्यान्ड्समा पिएसभी आइन्डहोभेनलाई मंगलवार ७-१ को लज्जास्पद हार चखाउँदै च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअघि बलियो अग्रता बनाएको छ। आर्सनलले पहिलो हाफमा ३ गोल र बाँकी गोल दोस्रो हाफमा गर्यो । टोलीले प्रतियोगिताको क्वाटरफाइनलको सम्भावनालाई मजबुत बनाएको छ। जुरियन टिम्बरले १८औं मिनेटमा आर्सनलको लागि गोलको खाता खोले। यसको ३ […]
March 5, 2025
एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]