6 years ago
September 18, 2018
साउथह्याम्टन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याप्टन र ब्राइटन एन्ड होभ अल्वियोनले बराबरी खेल्दै अंक बाँडेका छन् । साउथह्याम्पटन घरेलु मैदानमा ब्राइटनसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
साउथह्याम्पटनका पिरे इमिली र ड्यानी इंग्सले गोल गरे । ब्राइटनका सेन डफी र ग्लेन मुरेले गोल गरे । घरेलु टोली साउथह्याम्पटनले सोमबार राति भएको खेलमा २–० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो ।
३५औं मिनेटमा पिरे इमिलीले गोल गरेपछि साउथह्याम्पटनले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६५औं मिनेटमा ड्यानी इंग्सले पेनाल्टीमा गोल गरेपछि घरेलु टोली खेलमा २–० ले अघि बढेको थियो । तर, त्यसको २ मिनेटपछि सेन डफीले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । इन्जुरी समयमा ब्राइटनले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउदै महत्वपूर्ण एक अंका खोस्न सफल भयो । ब्राइटनका ग्लेन मुरेले गोल गर्न सफल भएका थिए ।
बराबरीपछि साउथह्याम्पटन ५ खेलबाट ५ अंकसहित १३औं तथा समान ५ अंक भएपनि ब्राइटन गोल अन्तरमा पछि पर्दै १४औं स्थानमा छ । पाँच खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेको चेल्सी लिगको शीर्ष स्थानमा छ ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]