6 years ago
September 17, 2018
मिलान (एजेन्सी) – इटालियन लिगमा युभेन्ट्सका लागि गोलको खाता खोलेका क्रिस्टियानो रोनाल्डो अब आफ्नो ध्यान च्याम्पियन्स लिग फुटबलतर्फ केन्द्रित गर्न चाहन्छन् । लिगको सुरुआती तीन खेलमा गोल नगरेका कारण दबाबमा रहेको रोनाल्डोले आइतबार सासुओलोविरुद्ध जितमा २ गोल गर्दै केहि राहत महसुस गरेका छन् ।
च्याम्पियन्स लिगको खेल अन्तर्गत बुधबार युभेन्ट्सले भ्यालेन्सियाको सामना गर्दैछ । च्याम्पियन्स लिगको पहिलो खेलमा रोनाल्डो विगतको लयलाई यसपटक कायम राख्ने सुरमा छन् । ‘मलाई च्याम्पियन्स लिग आफ्नो घर जस्तो लाग्छ । यो मेरो लागि सबैभन्दा मनपर्ने प्रतियोगिता पनि हो,’ रोनाल्डोले भने, ‘पक्कैपनि यस प्रतियोगितामा केहि हदसम्म भाग्यको साथ् पनि चाहिन्छ । हामी केहि कठिन समूहमा परेका छौं तर यहाँबाट उम्कन तत्पर पनि छौं ।’
घरेलु फुटबलमा विगत केहि वर्षयताअधिपत्य जमाएको युभेन्ट्सले युरोपेली फुटबलमा भने सोहि फर्मलाई निरन्तरता दिन सकेको छैन । पछिल्ला ७ सिजन लिग जितेको युभेन्ट्सले विगत दुई सिजन लिग र कपको दोहोरो सफलता नै हासिल गरेको छ । सन् १९९६ यता भने युभेन्ट्सले युरोपेली उपाधि जित्न सकेको छैन । पछिल्लो चार संस्करणमा दुई पटक फाइनल पुगेपनि युभेन्ट्स अन्तिम खुड्किलो पार गर्न असफल रहयो । त्यसै समस्या सुल्झाउन युभेन्ट्सले रोनाल्डोका लागि १ सय मिलियन युरो खर्चेको हो ।
रोनाल्डोले च्याम्पियन्स लिगमा व्यक्तिगत र सफलताको हिसाबले आफूलाई सबैभन्दा सफल खेलाडीको रुपमा उभ्याएका छन् । उनले पछिल्लो ५ सिजनमा ४ पटक उपाधि जितेका छन् । सँगसँगै उनले प्रतियोगितामा सर्वाधिक १ सय २० गोल पनि गरिसकेका छन् । आइतबार सासुओलो विरुद्धको गोलले रोनाल्डोलाई मानसिक रुपमा धेरै हौसला मिल्नेछ ।
भ्यालेन्सियाविरुद्ध रोनाल्डोले विगतमा थुप्रै खेल खेलेका छन् । उनले हालसम्म १८ पटक भ्यालेन्सियाको सामना गर्दा १५ गोल गरेका छन् । यसै समूहमा स्विटजरल्यान्डको योङ ब्वाइज र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि रहेका छन् ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]