default_image

6 years ago

September 17, 2018

सुरु भयो ए डिभिजन ट्रफी टुर [फोटोफिचर]

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार दशरथ रंगशालामा ट्रफी टुरअन्तर्गत पहिलो कार्यक्रम आयोजना गर्यो । ‘स्कोर अ गोल’ नाम रहेको ट्रफी टुर काठमाडौं उपत्यकाका सात स्थानमा पुर्याइनेमा पहिलो दिन विश्व निकेतन स्कुलका सयौं विद्यार्थी सहभागी भएका थिए ।

लिग समितिका संयोजक विज्ञानराज शर्माले विद्यालय केन्द्रित रहने ट्रफी टुरको मुख्य उद्देश्य लिग फुटबलको उत्साह सिर्जना गर्नु रहेको बताए । टुर अन्तर्गत काठमाडौंका ५ तथा ललितपुर र भक्तपुरको १-१ विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ । मंगलबार टुरअन्तर्गत तरुण मावि बालाजुमा क्रार्यक्रम हुनेछ । झन्डै ८५ वर्ष पुरानो इतिहास बोकेको यस लिग ट्रफी पछिल्लोपटक मनाङ मर्स्याङदि क्लबले हात पारेको थियो ।

टुरको पहिलो कार्यक्रममा सेलिब्रेटी गायिका इन्दिरा जोशी, राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, खेलाडी विक्रम लामा, लगायत खेलाडी तथा प्रशिक्षकको उपस्थिति रहेको थियो ।

ट्रफी टुरको फोटो फिचर :

तस्बिरहरु : विवेक सुवेदी / हाम्रो खेलकुद

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.