6 years ago
September 17, 2018
लन्डन (एजेन्सी)– इंग्ल्यान्ड एवंम् म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेभिड बेकह्यामले पूर्व सहकर्मी ज्लाटान इब्राहिमोभिचलाई ५ सय गोल पुरा गरेकोमा बधाई दिएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी ) मा सँगै खेलका इब्राहिमोभिचलाई जिस्काउँदै बेकह्यामले भनेका छन्,‘ ५ सय गोलले तिमीलाई साच्चै नै बुढो बनाएको छ । ’
फुटबलमा उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा परिचय बनाएका ३६ वर्षे इब्राहिमोभिचले शनिबार मेजर लिग सकरमा टोरन्टोविरुद्ध गोल गर्दै ५ सय गोलको कोसेढुंगा पार गरेका थिए ।यद्दपी त्यो खेलमा उनको टोली एलए ग्यालेक्सी ५–३ ले पराजित भएको थियो ।
सक्रिय खेल जीवनमा रहेका मध्ये ५ सय गोल पुरा गर्ने इब्राहिमोभिच तेस्रो खेलाडी बनेका छन् । यसअघि युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीले ५ सय गोल पुरा गरेका छन् ।
‘ज्लाटान ५ सय गोल पुरा गरेकामा म उनलाई बधाई दिन चाहन्छु ,’ बेकह्यामले भनेका छन्, राम्रो खेलाडी, उत्कृष्ट खेल जीवन र उच्चतम उपलब्धी । उनीसँगै र उनीविरुद्ध खेल्न पाउँदा मलाई गर्व छ । ५ सय गोलले तिमिलाई साच्चै बुढो बनाएको छ ।’
बेकह्यामले अगाडि थपे,‘बधाई छ साथी । तिमि अलिक लजालु छौं त्यसमा तिमिले अलिक मेहनत गर्नुपर्नेछ ।’ स्विडिस सुपर स्टार इब्राहिमोभिचले ९ वटा क्लबबाट व्यवासायिक फुटबल खेलेका थिए । जसमा आयक्स, इन्टर मिलान, एसी मिलान, युभेन्ट्स, बार्सिलोना, पिएसजी, युनाइटेड जस्ता क्लब छन् ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]