6 years ago
September 16, 2018
ललितपुर (हाम्रो खेलकुद) – पाँच वर्षपछि आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिगको विजेताले पाउने रकम अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटाएको छ । २०७० सालको विजेताले ७५ लाख रुपैयाँ पाएको लिगको विजेताले यसपटक भने ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।
तर, एन्फाले भने विजेताको पुरस्कार राशी घटे जस्तो देखिएपनि लिगमा विगतमा भन्दा बढी लगानी हुन लागेको बताएको छ । असोज १३ गते सुरु हुने लिगको विजेताले ५० लाख, दोस्रो हुनेल टोलीले ३५ लाख, तेस्रोले २५ लाख, चौथो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै एन्फाले पाँचौं हुने टोलीले ७ लाख, र छैटौं हुने टोलीले ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
विजेताले मात्र पुरस्कार पाउने भन्दा पनि अन्य टोलीले पनि रकम प्राप्त गरुन भन्नका लागि समानताका आधारमा पुरस्कार राशी तोकिएको एन्फा प्रवक्ता किरण राईले बताए । एन्फाले १४ ए डिभिजन टोलीलाई तयारी वापत २० लाख रुपैयाँ दिने भएको छ । त्यस्तै लिगको हरेक खेलको विजेताले ५० हजार रुपैयाा प्राप्त गर्नेछ भने बराबरीमा टुंगिएको खेलमा दुवै टोलीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
१४ औं स्थानमा लिगको अन्त्य गर्ने टोलीको अर्को वर्षका लागि २ अंक घटाउने र तयारी खर्चको ३ लाख रुपैयाँ पाउने छैन । त्यस्तै १३ औं स्थानमा आउने टोलीको हकमा अर्को वर्षका लागि १ अंक घटाउने र तयारी खर्चमा २ लाख रुपैयाँ नपाउने भएको छ । यसले म्याक्स फिक्सिङलाई निरुत्साहित पाउनेमा लिग सञ्चालक समितिका संयोजक विज्ञानराज शर्माले बताए ।
लिगको अनुशासित टोलीले १ लाख रुपैयाँ पाउनेछ भने विधागत रुपमा उत्कृष्ट (गोलकिपर, डिफेन्स, मिडफिल्ढ, फरवार्ड) र प्रशिक्षकले मोटरसाइकल प्राप्त गर्नेछन् । लिगको विजेताले एएफसी एसियन कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
लिगका लागि एन्फाले ५ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यसका लागि फिफा फरवार्ड फुटबल डेभलप्मेन्ट कार्यक्रम अन्तर्गत ए,बी,सी डिभिजन लिग सञ्चालका लागि ६ लाख ८८ हजार अमेरिकी डलर प्राप्त भएको एन्फाले जानकाएको छ । रेलिगसेन विनाको यसपटकको लिगमा ९१ खेल हुनेछन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]