default_image

6 years ago

September 16, 2018

रियाल विल्वाओसँग रोकियो

50 views

0 Bookmark

विल्वाओ (एजेन्सी) – स्पेनिस जाइन्ट रियाल म्याड्रिड एथ्लेटिको विल्वाओसँग बराबरीमा रोकिएको छ । रियाल विल्वाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

 


ला लिगा अन्तर्गत शनिबार राति विल्वाओको घरेलु मैदानमा भएको खेलमा रियाल एक गोलले पछि परेर बराबरी गर्न सफल भएको हो । विल्वाओका इकर मुनियनले गोल गरे । रियालका इस्कोले एक गोल फर्काए । इकरको गोलमा रियाल खेलको ३२औं मिनेटमा पछि परेको थियो ।

पहिलो हाफमा १–० ले पछि परेपछि रियालले आक्रमक फुटबल खेल्दै दोस्रो हाफमा गोल गर्न सफल भयो । ६३औं मिनेटमा इस्कोले ग्यारेथ बेलको पासमा बराबरी गोल गर्न सफल भएकका थिए । त्यसपछि पनि रियालको पटक–पटकको आक्रमण प्रयास गरेपनि एथ्लेटिको विल्वाओको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

बराबरीसँगै रियालले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । रियालको ४ खेलबाट १० अंक छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ४ खेलबाटै १२ अंक रहेको छ । रियाललाई बराबरीमा रोक्न सफल विल्वाओको ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ ।

शनिबार राति नै बार्सिलोनाले रियल सोसिडाडमाथि २–१ को कठिन जित निकालेको थियो । अर्काे खेलमा एट्लेटिको मड्रिड इवारसँग १–१ गोलको बराबरीमा तथा भ्यालेन्सिया रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.