6 years ago
September 16, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले वाटफर्डलाई २-१ ले पराजित गरेको छ । यससँगै वाटफर्डको शत प्रतिशत जितको नतिजा पनि तोडिएको छ ।
बेल्जियन फरवार्ड रोमेलु लुकाकुले ३५ औं मिनेटमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै क्रिस स्मलीङले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । वाटफर्ड कप्तान ट्रोए डिनीले ६५ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने आशा पनि देखाए । खेलको अन्तिम मिनेटमा मिडफिल्डर नेमान्जा माटीच दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो । उनले अब घरेलु प्रतियोगिताको अर्को खेल गुमाउनेछन् ।
युनाइटेडले पनि लिगको पाँचौ खेलमा तेस्रो जित दर्ता गर्यो । शीर्षस्थानका क्लबभन्दा ६ अंक पछाडी रहेको युनाइटेडका लागि खेलको अन्त्यतिर गोलरक्षक डेविड डे हेयाले राम्रो बचाउ गरे । उनकै प्रदर्शनमा युनाइटेडले अग्रता बचाएर राख्न सकेको थियो । खेल सकिएपछि गोलकर्ता स्मलीङले दर्शनीय गोल गर्न पाउँदा खुसि व्यक्त गरे ।
‘ हामी २-० ले अगाडी भएपछि मात्र खेलमा सुखको सास फेर्न पाइन्छ भन्ने थियो । हामीले सक्दो प्रयास गर्दै खेलमा अग्रता बचाउन सफल भयौं,’ आफ्नो गोलबारे बोल्दै उनले भने, ‘ म् सधैं त्यसैगरि बल आवोस भन्ने चाहन्थे । मेरो बलियो दायाँ खुट्टामा पारेको भलीलाई शक्तिशाली प्रहार गरें । नतिजा एकदम राम्रो आयो ।’
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]