default_image

6 years ago

September 16, 2018

साने चम्कँदा म्यानचेस्टर सिटीको सहज जित

78 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले जर्मनीका विंगर लेरोय सानेको खेल कौशलमाथि कहिल्यै शंका नगरेको बताएका छन् । उनै सानेले गोलको खाता खोलेपछि सिटीले शनिबार फुलहमलाई ३-० ले पराजित गरेको थियो ।

लिगमा पहिलो पटक सुरुआती रोजाइमा परेका सानेले १ मिनेट ३६ सेकन्डमै गोलको खाता खोल्दै साविक विजेतालाई नवप्रवेशीविरुद्ध अग्रता दिलाएका थिए । डेविड सिल्भाले २१ औं मिनेटमा अग्रता दोब्बर पार्दै सिटीलाई जिततर्फ अग्रसर गराए । रहिम स्टरलिङले दोस्रो हाफको सुरुआतमा गोल गर्दै जित पक्का गरे । लिगको सुरुआती ५ मध्ये ४ खेलमा जित दर्ता गर्दै सिटी शीर्ष स्थानमा रहेका क्लबभन्दा २ अंक पछाडी छ ।

ग्वार्डिओलाले खेलपछि २२ वर्षीय सानेको प्रदर्शन उत्कृष्ट रहेको बताए । ‘हामीले सानेको स्तरबारे कहिल्यै शंका गरेनौं । उनले गत सिजन पनि यस्तो प्रदर्शन गरेर हामीलाई सहयोग गरेका छन्, ‘ उनले भने, ‘कहिले काहीं २१/२२ वर्षको युवा उमेरमा केहि समस्या आउन सक्छ । त्यस्तो बेलामा व्यवसायिक खेलाडीको रुपमा उनले अगाडी बढ्नुपर्छ । उनले आज निकै राम्रो प्रदर्शन गरे ।’ साने राष्ट्रिय टोली र क्लब टोलीमा पनि बेलाबखत मैदान बाहिरका क्रियाकलापका कारण आलोचित हुँदै आएका छन् ।

ग्वार्डिओलाले सिटीले ३ गोल हानेपनि अझै बढी हुनसक्ने अवस्था रहेको बताए । ‘हामीले तीन गोलभन्दा बढी हान्ने थियौं । हामीले बनाएको अवसर उच्च स्तरको थियो,’ उनले थपे, ‘हामीले आक्रामक रणनीतिमा खेल्यौं । बल पाउनसाथ हामी आक्रमणका लागि अगाडी बढ्ने गर्यौं । हामीले गोल गर्ने सुवर्ण अवसरहरु खेर फालेपनि जित दर्ता गर्न भने सफल रहयौँ ।’

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.