default_image

6 years ago

September 17, 2018

‘अमेरिकामा खेल गर्दा लिग कमजोर हुन्छ’ – रियलका प्रशिक्षक लोपेटेगुइ

56 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइले संयुक्त राज्य अमेरिकामा हुने ला लिगा खेल आयोजनाका बरेमा आलोचना गरेका छन् । प्रशिक्षक लोपेटेगुइले यस योजनाले क्लबको प्रतिस्पर्धा कमजोर गर्ने आरोप लगाएका हुन् ।

मंगलबार बार्सिलोना, जिरोना र ला लिगाले स्पेनिस फेडरेशन (आरएफइएफ) सँग लिगको एक खेल अमेरिकामा स्थानान्तरण गर्ने अनुमतिबारे सोधपुछ गरेको थियो । उक्त प्रस्तावमा जिरोना र बार्साको खेल २६ जनवारीमा मियामीको हार्ड रक स्टेडियममा आयोजना हुने तए भएको छ । तर, स्पेनीस राष्ट्रिय टिमका पुर्व प्रशिक्षक लोपेटेगुइले यसको पक्षमा नरहेको बताएका छन् ।

उनले भने, ‘यस प्रतिस्पर्धाले समानताको फाइदा हुनै छैन् । सबै टिमले आफ्नो स्टेडियममा खेल्न पाउनु पर्छ ।’ उत्तरी अमेरिकामा खेलको सरकारी निकाय आरएफइएफ, युएस सोकर फेडरेशन, युइएफए र कनक्याफले खेललाई अगाढि बढाउन अनुमति दिनु पर्ने आवश्यकता देखिन्छ । आरएफइएफका अध्यक्ष लुइस रुबियल्सले पहिला युएस खेलकाविरुद्ध कुरा गरेका थिए ।

स्पेनिस खेलाडी संघ (एएफइ) ले पनि यस अघि खेलको विरोध गरेको थियो । सोमबार ला लिगासँगको बैठक पछि खेलाडीलाई अन्तिम निर्णय गर्ने अधिकारी दिनुपर्ने निष्कर्ष निक्लेको थियो । स्पेनको सबै भन्दा ठुलो फुटबल प्रतियोगिता ला लिगा, अमेरिकी मिडिया कम्पिनी रिलेभेन्टसँग १५ बर्षे सम्झौता अनुसार अमेरिकामा एक खेल खेलाउन तयार रहेका छ ।

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.