default_image

6 years ago

September 15, 2018

रोनाल्डोले पेरिसमा चार तारे होटेल खोल्ने

39 views

0 Bookmark

पेरिस (एजेन्सी)-पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पेरिसको गौचे नदी नजिक छैटौं संस्करणको ‘सीआर७’ नामक होटेलको स्थापना गर्ने भएका छन् । अन्य होटल जस्तै यस होटेललाई पनि क्रिस्टियानो रोनाल्डो र पोर्चुगिज होटेल समूह पेस्टानासँगको साझेदारीमा बनाइने छ ।

रोनाल्डोका अनुसार यो होटेल अन्य होटेल भन्दा ठुलो हुने बताइएको छ । २१० कोठको योजना रहेको यो होटेल २०२१ मा पुर्ण रुपमा तयार हुने बताइएको छ । ‘पेरिसमा पेस्टाना सीआर७ ब्रान्डको लागु गर्नका लागि राम्रो हुनेछ । दुनियामा सबै भन्दा बढि पर्यटक भित्रिने शहर मध्येको एक यस शहरमा ब्रान्ड स्थापित गर्नु रोम्रो हुने छ,’ रोनाल्डोले भने ।

पेस्टाना होटेल समूहका मुख्य विकास अधिकारी जोसे रोक्वुटे पेरिसको घोषणाका लागि उत्साहित रहेका छन् । जोसेले भने, ‘दुनियाको शीर्ष पर्यटन स्थल मध्ये एक हो र पेस्टाना सीआर७ लाइफस्टाइल होटेल ब्रान्ड हुनु झन आफ्नो लागि सम्मान हुने छ । यसै उपलब्धिकासाथ हामी आफ्नो अन्तर्राष्ट्रिय विस्तारमा ध्यान दिइरहेका छौ ।’

रोनाल्डो र पेस्टानाले २०१६ मा पोर्चुगलमा आफ्नो पहिलो दुई होटेल खोलेका थिए । अब तीन होटेल मड्रिड, न्युयोर्क र माराकेचमा २०२० सम्म तयार हुने बताईएको छ ।

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.