6 years ago
September 15, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस लिग अन्तर्गत शनिबार रियल सोसीडाडले घरेलु मैदानमा बार्सिलोनाको चुनौती स्वीकार्नेछ । खेल नेपाली समयअनुसार रातको ८ बजे ला लिगा फेसबुकमा प्रत्यक्ष प्रसारण हुनेछ ।
पछिल्लो सिजन लिग उपाधि जितेको बार्सिलोनाले यस सिजन पनि सोहि लयलाई कायम राखेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले सुरुआती तीनै खेलमा जित दर्ता गर्दै शत प्रतिशत जितको नतिजा हासिल गरेको छ । यसक्रममा टोलीले १२ गोल पनि गरेको छ । पछिल्ला खेलमा प्रभावशाली प्रदर्शन गरेका मिडफिल्डर ओस्मान डेम्बेले सुरुआती ११ मा मेसी र सुआरेजको साथ दिनेछन् ।
लिग अन्तर्गत पछिल्ला ३८ मध्ये ३७ खेलमा बार्सिलोना अपराजित छ । बार्सिलोनाले पछिल्ला १४ मध्ये १२ खेलमा कतिमा २ गोल गरेको छ । रियल सोसीडाडविरुद्ध खेलेका पछिल्ला ५ खेलमा बार्सिलोनाले जित दर्ता गरेको छ । तर सोसीडाडले घरेलु मैदानमा पछिल्ला ८ मध्ये ७ खेलमा विजयी भएको छ । सोसीडाडले यसै मैदानमा खेलेका पछिल्ला ४ खेलमा कम्तिमा ३ गोल गरेको तथ्यांक पनि छ ।
चोटको समस्याले ग्रस्त भएपनि सोसीडाडले कठिन चुनौती दिने टोली उतार्न सक्छ । अदनान जानुजाज, डीएगो लोरेन्टे, सान्ड्रो रामिरेज लगायतका खेलाडी चोटका कारण उपस्थित छैनन् । विलियन जोसे र राउल नाभास पनि पूर्ण फिट नभएकाले खेल्ने सम्भावना कम छ ।
सम्भावित सुरुआती ११ :
रियल सोसिडाड:
रुल्ली
जालुदा – एलुस्टोन्डो – मोरेनो – हर्नान्डेज
मेरिओनो – इलारामेन्डी – जुब्लेडिया
ओयाराजबाल – बौटिस्टा – जुआन्मी
बार्सिलोना :
टेर स्टेगन
सर्जी रोबर्टो – जेरार्ड पिके – स्यामुएल उम्टीटी – जोर्डी अल्बा
फिलिपे कोउटिन्हो – सर्जियो बुस्केट्स, इभान राकिटीच
लिओनेल मेसी – लुइस सुआरेज – ओस्मान डेम्बेले
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]