default_image

6 years ago

September 15, 2018

नेयमार र एमबाप्पेविनै पीएसजीको प्रभावशाली जित

56 views

0 Bookmark

पेरिस (एजेन्सी) – टिमका मुख्य खेलाडी नेयमार जुनियर र केलियन एमबाप्पेविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा प्रभावशाली जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा जुलियन ड्राक्सलर, एडिन्सन काभानी, एन्जल डि मारिया र मौसा डिवेले गाल गरे । घरेलु मैदानमा स्टार खेलाडीद्धय नेयमार र एमबाप्पेलाई विश्राम दिइएको खेलमा पीएसजीले २३औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट खेलमा अग्रता बनाएको थियो । जुलियनले मार्काे भेराट्टीको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । ५१औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दै २–० को अग्रता दिलाएका थिए । ४९औं मिनेटमा पेनाल्टी पाएपनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायता पेनाल्टी पाएको थियो । जसमा काभानी चुकेनन् ।

७६औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई फराकिलो अग्रतातर्फ अग्रसर गराएका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा काभानीको पासमा मौसा डिवेले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको पीएसजीले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोडेर यो सिजन पनि उपाधिको दावेदारको रुपमा उभिएको छ । पीएसजीसँग पराजित भएको सेन्टको ६ अंकसहित १२औं स्थानमा छ ।

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

Success

Thank you for your time.