6 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बजार व्यवस्थापन र प्रचारको जिम्मेवारी रामसार मिडियालाई प्रदान गरेको छ ।
एन्फाले शुक्रबार राम सरस्वती (रामसार) मिडियासँग तीन वर्षको सम्झौता गरेको हो । सम्झौतामा एन्फा अध्यष कर्मा छिरिङ शेर्पा र रामसार मिडियाका प्रवन्ध निर्देशक राज हुमागाईंले हस्ताक्षर गरे ।
सम्झौतापछि एन्फा अध्यक्ष शेर्पाले रामसारसँग तीन वर्षको सम्झौता भएको र यसले नेपाली फुटबलको बजार व्यवस्थापन र प्रचार राम्रो हुने बताए ।
सम्झौता अनुसार रामसारले एन्फालाई पहिलो वर्ष १ करोड, दोस्रो वर्ष १ करोड ५० लाख र तेस्रो वर्ष दुई करोड प्रदान गर्नेछ । सम्झौतो २०७५, २०७६ र २०७७ सालसम्म रहनेछ । सम्झौता अनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिगको सबै (एटिएल र बिटिएल) को अधिकार रामसारले पाएको छ ।
रामसारले आफ्नै लागतमा होडिङ बोर्ड, टेलिभिजन, एफएम स्टेसन, कलेज, लोकल यातायात, पत्रपत्रिका र सामाजिक सञ्जाल राख्नेछ । यसलाई एन्फाले सहयोग गर्नेछ । यस्तै एन्फाले टिकट प्रिन्ट वा यसमा सहयोग गर्नेछ ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]