6 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्काे सातापछि आयोजना हुने एसियन स्कुल यु–१८ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ ।
आयोजक एसियन स्कुल फुटबल फेडेरेसनले शुक्रबार निकालेको ‘ड्र’ अनुसार नेपाल चीन, इन्डोनेसिया र थाइल्यान्ड रहेको समुह ‘ए’ मा परेको हो । समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया, श्रीलंका र भारत रहेका छन् ।
एसियन स्कुल यु–१८ च्याम्पियनसिप भारतको आग्रा शहरमा २० सेप्टेम्वरबाट ३० सेप्टेम्वरसम्म हुदैछ । नेपालले २३ सेप्टेम्वरमा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि नेपालले २४ सेप्टेम्वरमा इन्डोनेसिया र २५ सेप्टेम्वरमा चीनसँग खेल्नेछ ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणबाट बाहिरिएका टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आठ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिताको फाइनल २८ सेप्टेम्वरमा हुनेछ ।
नेपालले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोली
१.विष्णुकुमार केसी (गोलरक्षक)
२. विशाल सुनार (गोलरक्षक)
३.सुर्य अधिकारी (गोलरक्षक)
४. विकास खवास (डिफेन्स)
५.नवीन गुरुङ (डिफेन्स)
६.राजन गुरुङ (डिफेन्स)
७.असिम गुरुङ (डिफेन्स)
८.रन्दिप पौड्याल (डिफेन्स)
९. संजित राई (डिफेन्स)
१०. नितिन थापा (मिडफिल्ड)
११. मनिष थापा (मिडफिल्ड) उप–कप्तान
१२.जय गुरुङ (मिडफिल्ड)
१३. सेसेहाङ आङदेम्वे (मिडफिल्ड)
१४. सुरज ठकुरी (मिडफिल्ड)
१५. अनिल महर्जन (मिडफिल्ड)
१६. दिनेश हेन्जन (फरवार्ड) कप्तान
१७. बुुद्ध बल तामाङ (फरवार्ड)
१८. रितिक खड्का (फरवार्ड)
१९. अनुप गुरुङ (फरवार्ड)
२०.टिका गुरुङ (फरवार्ड)
वैकल्पिक खेलाडी
१. आकाश रानाभाट (गोलरक्षक)
२. पवन शाही (डिफेन्स)
३.विवेक राई (मिडफिल्ड)
४.दर्शन गुरुङ (फरवार्ड)
टिम म्यानेजरमा रुपेश अधिकारी रहेका छन् ।
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]
March 1, 2025
एजेन्सी – बायर्न म्युनिखले शनिवार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३-१ ले पराजित गरेको छ । स एक गोलले पछाडि परेको बायर्न पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बनाएको छ । स्टुटगार्टले ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५ औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ […]