default_image

6 years ago

September 14, 2018

‘तेस्रो पटक सेमिफाइनलमा निराश हुँदा दुःख लागेको छ’- किरण

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले साफ च्याम्पियनसिपमा फेरि पनि सेमिफाइनलबाट अघि बढ्न नसकेकोमा दुःख मनाउ गरेका छन् । ढाकामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको थियो ।

अहिले सम्म चार पटक सेमिफाइनल खेलेको नेपाली टोलीका लागि पछिल्ला तीन सेमिफाइनलमा किरणले नै पोष्ट सम्हालेका थिए । ‘यसपटक हामीले जित्ने राम्रो सम्भावना थियो । तर दुर्भाग्य सेमिफाइनलबाट अघि बढ्न सकेनौं, ‘ बिहीबार स्वदेश फर्केपछि किरणले भने, ‘अब यस्तै सम्भावना फेरि बन्ला नबन्ला ।’

पाकिस्तानसँग २–१ ले पराजित हुँदै समूह चरणको सुरुवात गरेपनि त्यसपछिका दुई खेलमा नेपाली टोलीले उच्च प्रदर्शन गरेको थियो । भुटानविरुद्ध किरणको कप्तानीमा उत्रेको टोली ४–० ले विजयी भयो भने अर्को खेलमा बंगलादेशलाई २–० ले पराजित भएको थियो ।

समूह चरण सकिदा धेरैको अनुमान थियो, नेपाल सहजै फाइनल पुग्नेछ । तर, अपेक्षा अनुसार नेपाली टोली प्रदर्शन गर्न चुक्यो । नवौं मिनेटमा माल्दिभ्सले खेलमा अग्रता बनायो, त्यसलाई जोगाएन मात्र अन्त्य तिर थप दुई गोल गर्न सफल भयो । जसले नेपाल सेमिफाइनलमा अहिले सम्मकै ठूलो अन्तरमा पराजित भयो । पछिल्ला दुई संस्करण (सन् २०११ र २०१३) को सेमिफाइनलमा नेपाल समान १–० ले पराजित भएको थियो । १९९९ को सेमिफाइनलमा नेपाल २–१ ले पराजित भएको थियो ।

माल्दिभ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका किरणले सेमिफाइनलमा आफ्नै सहकर्मीको दुई गोलको सामना गर्नुपरेको थियो । इब्राहिम वाहिद हसनले ८४ औं र ८६ औं मिनेटमा गोल गदै खेलमा फर्कने नेपालको सम्भावनालाई समाप्त पारेका थिए । किरण र इब्राहिम टिसी स्पोर्टस्बाट खेल्दै आएका छन् । माल्दिभ्स र भारतबीच शनिबार फाइनल हुनेछ ।

March 1, 2025

प्रीति सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

एस्टन भिल्ला एफए‌ कपको क्वाटरफाइनलमा

एजेन्सी – कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २-० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो । भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल […]

Success

Thank you for your time.