6 years ago
September 14, 2018
टुरीन (एजेन्सी) – युभेन्ट्स तथा अर्जेन्टिनी राष्ट्रिय टोलीका फरवार्ड पाउलो डिबालाले जनवरीमा क्लब छाड्ने पालेर्मोका मालिक माउरिजियो जाम्पारिनिले बताएका छन् । डिबालालाई अनुबन्धन गर्न स्पेन र इंग्ल्यान्डका क्लबहरुले प्रस्ताव गरेको पनि उनले खुलासा गरे ।
गत महिना इटालियन लिगको पहिलो खेलमा युभेन्ट्सले किएभोलाई ३-२ ले पराजित गर्दा सुरुआती रोजाईमा रहेका थिए । डिबालाले त्यसपछि लाजियोलाई २-० ले पराजित गरेको खेलमा भने खेल्न पाएनन् । तेस्रो खेलमा पार्मालाई २-१ ले हराउँदा डिबाला अन्तिम १० मिनेट मात्र मैदान प्रवेश गर्न पाए । २४ वर्षीय फरवार्डलाई अन्तर्राष्ट्रिय टोलीमा पनि उस्तै समस्या आइपरेको छ । विश्वकप टोलीमा नपरेका उनले पछिल्लो दुवै खेलमा सुरुआती रोजाईमा पर्न सकेनन् ।
सन् २०१५ मा पालेर्मोका मालिक जाम्पारिनिले नै डिबालाको युभेन्ट्स ट्रान्सफर सफल पारेका थिए । त्यसयता प्रशिक्षक मासिमिलानो एलेग्रीले डिबालाको उचित उपयोग गर्न नसकेको आरोप पनि उनले लगाए । जाम्पारिनिले डिबालालाई सकेसम्म चाँडो क्लब छाडेर अन्यत्र जान पनि सुझाव दिएका छन् । ‘डिबालालाई टोलीबाट बाहिर राख्दा मलाई निकै नरमाइलो लाग्छ,’ उनले भने, ‘उनी एलेग्रीकै कारण बेन्चमा छन् । डिबाला लिग जिताउन सक्ने खेलाडी हुन् र मैदानमा रहेर लिग जिताउन सकिन्छ ।’
‘ युभेन्ट्सलाई अहिले उनको आवश्यकता छैन । उचित रकम आएमा क्लबले उनलाई जान दिनुपर्छ । स्पेन र इंग्ल्यान्डका क्लब उनलाई अनुबन्धन गर्न तत्पर छन्,’ जाम्पारिनिले थपे, ‘ युभेन्ट्ससँग उत्कृष्ट खेलाडीको थुप्रो नै छ । तैपनि उनले खेल्न नपाउनु घाटाको विषय हो ।’
पछिल्लो सिजन बार्सिलोनाले डिबालालाई अनुबन्धन गर्ने प्रयास गरेको थियो । तर रियलले रोनाल्डोलाई युभेन्ट्स पठाएपछि उनको स्थानमा डिबाला ल्याउने हल्ला पनि चलेको थियो । यता इंग्ल्यान्डमा जोसे मोउरिन्होले डिबालालाई आफ्नो सूचिको पहिलो नम्बरमा राखेको पनि बुझिएको छ । यसका लागि टुरीन क्लबले युनाइटेडसँग पल पोग्बाको माग गर्ने सम्भवना पनि रहेको छ ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]