6 years ago
September 15, 2018
एजेन्सी – अर्जेन्टिनाका फरवार्ड कार्लोस टेभेजले आफ्नो खेल जीवनमा दुवै लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोसँग खेल्ने मौका पाए । कमै खेलाडी छन् जसले यस युगका उत्कृष्ट दुवै खेलाडीसँग एकै टोलीबाट खेल्ने मौका पाएका छन् ।
टेभेजले सन् २००७ देखि २००९ सम रोनाल्डोसँग रहेर म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । यसक्रममा रोनाल्डो र टेभेज मिलेर युनाइटेडलाई दुई पटक लिग उपाधि, एक च्याम्पियन्स लिग, क्लब विश्वकप, लिग कप ट कम्युनिटी सिल्ड जिताएका थिए । दुवै खेलाडीले सन् २००९ मा क्लब छाड्ने निर्णय लिए । रोनाल्डो विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड गए । टेभेजले भने म्यानचेस्टर युनाइटेडको चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी रोजे ।
टेभेज र मेसीले भने राष्ट्रिय टोलीबाट झन्डै एक दशक भन्दा बढी सँगै रहेर खेले । यसक्रममा दुवै फरवार्डले ७६ खेलमा सँगै खेलेका छन् । मेसी र टेभेजले सन् २०१० र २०१४ को विश्वकपमा अर्जेन्टिनाको जर्सी पहिरिएका थिए । यसबिचमा दुवै खेलाडीले ४ पटक कोपा अमेरिकामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेपनि कुनै उपाधि भने हासिल गर्न सकेनन् । अर्जेन्टिनाका लागि मेसीको साथ पाएर पनि उपाधि जिताउन नसक्नु सबैभन्दा दुखको कुरा रहेको टेभेजले बताउँदै आएका छन् ।
अघिल्लो साता टेभेजले अर्जेन्टिनाको डेपोर नामक संचार माध्यमसँग बोल्दै मेसीले आफ्नो खेलको कमजोर पक्ष कसरि सुधार्छन भन्नेबारे यस्तो प्रतिक्रिया दिए :
“लिओनेल मेसी, मैले उनलाई कहिले पनि जिम्मा देखेको छैन । उनलाई खाली समय हुँदा प्रशिक्षण गरिरहेको पनि देखिन । उनले प्राविधिक प्रशिक्षण हरु पनि गरेनन् । उनले मैदानमा जे गर्छन् त्यो सबै प्राकृतिक हो । तर उनले पेनाल्टीमा भने निकै मिहिनेत गर्ने गरेका छन् । विगतमा उनको पेनाल्टी निकै खराब थियो । अहिले भने उनले कुना च्यापेर हान्न सक्ने भएका छन् ।”
रोनाल्डोको बारेमा भने टेभेजले फरक प्रतिक्रिया दिए । उनले रोनाल्डो एकदम धेरै मिहिनेती भएको भन्दै उनीबारे यस्तो भने :
“क्रिस्टियानो सधैं प्रशिक्षण सकिएपछि जिममा जाने गर्दथे । उनको त्यो सानो देखि लागेको बानि नै थियो । उनलाई सबै पक्षमा उत्कृष्ट सावित हुनु थियो र सधैं प्रशिक्षणमा आइपुग्ने पहिलो खेलाडी हुन्थे । प्रशिक्षण बिहान ९ बजे छ र म ८ बजे पुग्दा उनी आइसकेका हुन्थे । म ७:३० मा प्रशिक्षण स्थल पुग्दा पनि उनि त्यहीं हुन्थे । म एक समय ‘यो मान्छे कसरि यस्तो गर्छ?’ भनेर प्रश्न सुल्झाउन ६ बजे प्रशिक्षण स्थल पुगें, उनी त्यहाँ आइपुगेका तर निन्द्रामै देखिन्थे ।”
टेभेजको यो दुई प्रतिक्रियाले पनि मेसी र रोनाल्डो कसरि फरक छन् भन्ने प्रष्ट्याउँछ । मेसीसँग त्यो प्राकृतिक गुण छ जुन अन्य खेलाडीमा पाउन असम्भवप्राय छ । अर्कोतर्फ रोनाल्डो भने मिहिनेत र लगावका कारण उत्कृष्ट बनेका हुन् भन्ने सिद्ध हुन्छ । रोनाल्डो त्यो खेलाडी हुन् जो प्रशिक्षण मैदानमा सबैभन्दा पहिला पुग्छन् र अन्त्यमा निस्कन्छन् ।
अब आउने दिनमा सबै खेलप्रेमी माझ सबैभन्दा राम्रो विकल्प भनेको यी दुवैलाई तुलना नगर्नु हो । यी दुई खेलाडीको प्रदर्शन हामीले हेर्न पाएका छौं । आउने दिनमा त्यो निरन्तरता हुने-नहुने थाहा छैन । त्यसैले जतिन्जेल यी दुई जादुगर मैदानमा रहन्छन्, त्यसको मजा लिनु नै उपयुक्त हुन्छ ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]