6 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा यसै अक्टोबर २५ देखि सुरु हुने साफ यू-१५ च्याम्पियनसिपका लागि समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ ।
समूह चरणको ड्रका लागि आयोजक नेपाल र डिफेन्डीङ च्याम्पियन भारतलाई फरक समूहमा राखिएको थियो । समूह ‘ए’ मा नेपालसँगै बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, भुटान र श्रीलंका छन् ।
पछिल्लो पटक पनि यो प्रतियोगिता नेपालमा आयोजना भएको थियो । गतवर्ष आयोजित प्रतियोगितामा नेपाललाई हराउँदै भारतले उपाधि जितेको थियो । उक्त खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा दुई गोल खाँदै खेल गुमाएको थियो ।
समूह चरण ड्र :
समूह ‘ए’ – नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान
समूह ‘बी’ – भारत, भुटान, श्रीलंका
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]