default_image

6 years ago

September 13, 2018

‘रोनाल्डो भन्दा एमबाप्पे उत्कृष्ट फरवार्ड’

53 views

0 Bookmark

मिलान (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली पुगेदेखि नै अनेक कोणबाट बहस सुरु भएको छ । कतिपयले युभेन्ट्स जाने उनको निर्णयको सहि मानेका छन् भने कतिपयले शंकाको नजरले हरेका छन् । यसबीचमा रोनाल्डोको आगमनले सिरि एमा राम्रो प्रभाव परेको मान्ने इन्टरका रक्षक स्टेफन डे भ्रिज उनीबाट भन्दा पेरिस सेन्ट (पिएसजी) का युवा स्टार केलिनय एमबाप्पेबाट बढी प्रभावित छन् ।

भ्रिज पाँच पटकका बेलोन डि ओर विजेता रोनाल्डो भन्दा एमबाप्पे राम्रो खेलाडी मान्छन् । रोनाल्डोले सिरि एमा अहिले सम्म प्रभाव जमाउन सकेका छ्रैनन् । रियल म्याड्रिडमा नौ वर्ष सफल खेल जीवन विताएका रोनाल्डो यहि सिजनको सुरुवातमा टुरिन पुगेका थिए । रियलमा मात्र उनले ४ चार पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

३३ वर्षे रोनाल्डोको सुरुवात राम्रो हुन सकेको छैन । सिरि ‘ए’को ३ खेल सम्म उनले गोल गर्न सकेका छैनन् । ‘रोनाल्डोको आगमनले सिरि एमा प्रभाव पार्छ,’ भ्रिजले भने, ‘ उनी आएपछि मैले पनि उनको प्रदर्शनमा ध्यानमा राख्न थालेको छु । उनको आगमन इटाली फुटबलका लागि राम्रो हो । यसले सिरि ‘ए’ मा पनि सकारात्मक प्रभाव पर्नेछ ।’

उनले रोनाल्डो र एमबाप्पेको तुलाना पनि गरेका छन् । भ्रिजले स्मरण गरे, ‘सन् २०१४ को विश्व कप अघि मैले पोर्चुगलसँगको मैत्रीपूर्ण खेल खेलेको थिए । १–१ को बराबरी भएको खेलमा कर्नरमा रोनाल्डोले गोल गरेका थिए । म्यानचेस्टर युनाइटेड र रियलमा थुप्रै उपाधि जितेका रोनाल्डो भन्दा आफुले खेलेमध्ये एमबाप्पले उत्कृष्ट फरवार्ड भएको उनको बुझाई छ ।

अहिले सम्म सामना गरेको उत्कष्ट को हुन् भन्ने प्रश्नमा भ्रिजले भने, ‘मेरो नजरमा एमबाप्पे ।’ १९ वर्षे एमबाप्पले सम्मिलित फ्रान्सेली टोलीले २०१८ को विश्व कप उपाधि जितेको थियो । एमबाप्पे विश्व कपका उत्कृष्ट युवा चुनिएका थिए ।

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.