default_image

6 years ago

September 13, 2018

‘रासफोर्ड इंग्ल्यान्डका रोनाल्डो बन्न सक्ने’

45 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटका अनुसार म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मार्क्स रासफर्ड ‘विशेष प्रतिभा’ रहेको बताएका छन् ।

साउथगेटले युवा फरवार्ड रासफर्डलाई आफ्नो विकासका लागि समय चाहिएको बताएका छन् । ‘उनले भविष्यमा एक विश्व सुपस्टारको गति लिन सक्छन्,’ साउथगेटले प्रशंसा गर्दै भने । स्विटजरल्यान्डविरुद्ध मैत्रीपूर्ण खेलमा विजयी गोल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । क्लब फुटबलमा कमै मौका पाएका रासफर्ड अन्तर्राष्ट्रिय प्रतियोगितामा भने प्राथमिकतामा पर्ने गरेका छन् । मैत्रीपूर्ण खेलमा उनले १० नम्बर जर्सी नै लगाएका थिए ।

के उनी इंग्ल्यान्डका लागि क्रिस्टयानो रोनाल्डो बन्न सक्छन् ? उनले रासफर्डलाई पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडीसँग तुलना गरेका छन् । उनले रासफर्ड २० बर्षको उमेरमा रानाल्डो भन्दा पनि राम्रो भएको दावी पनि गरे । मंगलबार स्वीटजरल्यान्डविरुद्धको निर्णायक गोलसँगैरासफर्डका लागि घरेलु तीन अन्तर्राष्ट्रिय खेलबाट एक गोल भइएको छ । साउथगेटले उनलाई अझैपनि सुधार गर्न सकिने बताएका छन् । उनी खेल समय देखि रासफर्ड प्रति प्रभावित भएका छन् ।

रासफर्ड युवा दुनियाको शीर्ष खेलाडी मध्ये एकमा विकसित हुन सक्ने साउथगेटले बताए । ‘उनी एक विशेष प्रतिभा हुन् । हामीले याद गर्नु पर्छ की त्यो उमेरमा ह्यारी केनले स्पर्सका लागि कति खेल खेलेका थिए र’, साउथगेटले भने, ‘तपाई रासफर्डलाई अन्य शीर्ष खेलाडीसँग तुलना गर्न पनि सक्नुहुन्छ । त्यो उमेरमा रोनाल्डोले केहि कदम राम्रो गरिरहेका थिए । तर, रोनाल्डो बन्न उनले लक्ष्य परिवर्तन गर्न सक्दैनन् । त्यसैले रासफर्डलाई विकसित गर्ने समय दिनु पर्छ ।’

उनले थपे, ‘उनले अहिले पनि धेरै फुटबल खेलेका छन् । उनले लगातार फुटबल खेल्न पाइरहेका छैनन् । तर वास्तवमा म उनीसँग खुसी छु । अहिले पनि उनी आत्मविश्वासले भरिएका छन् ।’

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.